जिल्लाहरूमा पत्रकारको नयाँ नेतृत्व
पाल्पा, फाल्गुन १३ - नेपाल पत्रकार महासंघ, जिल्ला शाखाको बिहीबार सम्पन्न अधिवेशनले भगवान भण्डारीको अध्यक्षतामा नयाँ समिति चयन गरेको छ । समितिमा राजेशकुमार अर्याल उपाध्यक्ष, रेखीराम राना सचिव र शंकर भण्डारी कोषाध्यक्ष छन् । यसैगरी केन्द्रीय सभासदमा मेघराज शर्मा, गोविन्द भट्टराई, कमलराज तिमिल्सिना, राजेन्द्र लिगल, छवि खनाल, दलबहादुर गुरुङ, मुना घिमिरे, यम गाहा मिलन, कृष्ण पोखरेल, झपेन्द्र गहिरे, जगदीश भट्टराई, प्रकाश नेपाल, कविराज नेपाल, माधव अर्याल, डा.कर्णबहादुर बानियाँ, जीवलाल सुवेदी र पार्वती त्रिखत्री छन् । नवलपरासीमा होमराज रानाभाट अध्यक्ष निर्वाचित भएका छन् । उपाध्यक्षमा घनश्याम बगाले, कोषाध्यक्षमा दीपक भट्टराई र सचिवमा पुरुषोत्तम सुवेदी छन् । केन्द्रीय पार्षदमा नारायण शर्मा, टीकाराम गैरे, श्रीराम सिग्देल, वीरेन्द्र पराजुली, आरपी उपाध्याय, हरि शर्मा, हरिनारायण रेग्मी र कृष्णबहादुर कार्की छन् ।
गुल्मीमा घनश्याम गौतमको अध्यक्षतामा ९ सदस्यीय जिल्ला कार्यसमिति निर्वाचित भएको छ । उपाध्यक्षमा नवराज भुसाल, सचिव भरत पाण्डेय, सहसचिव ज्ञानबहादुर महतारा, कोषाध्यक्ष नरेश भण्डारी छन् । अधिवेशनले केन्द्रीय सभासदमा तिलक महत, गोकुल श्रेष्ठ, हरि पोखरेल, गणेश श्रीपाली, हीरा एसी र नारायण ज्ञवाली निर्वाचित भएका छन् ।
यस्तै कञ्चनपुरको आठौं अधिवेशनले कर्ण बोहराको अध्यक्षतामा तेह्र सदस्यीय शाखा गठन गरेको छ । केन्द्रीय प्रतिनिधिमा चित्रांग थापा, डीआर पन्त, खगेन्द्र पन्त, राजेन्द्र केसी, हरिश भट्ट, राजेन्द्र विष्ट, तेजबहादुर सिंह मुस्कान, निमा काफ्ले, यमकला पाण्डेय, युवराज घिमिरे, चक्र महतरा, कर्णदेव भट्ट र हरि जोशी छन् ।
कैलालीमा भरत शाह नेतृत्वको समूह विजयी भएको छ । केन्द्रीय प्रतिनिधिमा गणेश चौधरी, टीएन जोशी, शिवराज खत्री, रंग तिमिल्सेना, करुणाकर पाण्डे, सिद्धराज भट्ट, प्रकाशविक्रम शाह, मोहन बुढाऐर, कर्ण शाह, टेकराज जोशी, भुवनेश्वर अधिकारी, भीष्मराज ओझा, टेक सोराडी, मातृका तिमिल्सेना, दीर्घराज उपाध्याय, भोजराज जोशी र हिमाल जोशी छन् ।
बाजुरामा अर्जुन शाहको नेतृत्वमा ९ सदस्यीय कार्यसमिति सर्वसम्मत भएको छ । पार्षदमा प्रकाश सिंह, देवेन्द्र शाह, रण विक र मदनराज जोशी निर्वाचित छन् ।
अछाममा वेदप्रकाश तिम्सिना अध्यक्षमा निर्वाचित भएका छन् भने पार्षदमा यज्ञराज ढुंगाना, एकेन्द्र विक, खड्क विष्ट, जनक रावत, नरेन्द्र रावत र लालबहादुर छन् । डोटीमा टेकेन्द्र देउवा अध्यक्ष र पार्षदमा दिलबहादुर छत्याल, छत्र कठायत, गणेश जोशी, मिलन परियार, दिलबहादुर सिंह र धीरेन्द्र चटौत छन् । बझाङमा जगत खड्का अध्यक्ष र पार्षदमा दीपक भण्डारी, जनक खड्का र प्रकाश विक छन् ।
बैतडीमा नरेन्द्र भट्ट अध्यक्ष र पार्षद लक्ष्मीदत्त पाण्डेय, राजेन्द्र नाथ, मदनमोहन विष्ट, गोकर्ण दयाल र शेरबहादुर चन्द छन् ।
दार्चुलामा अध्यक्ष नरेश जोशी र पार्षदमा विक्रम गिरी, राजेन्द्र बडु शेरसिंह सामन्त, हीरा धामी, सुरेश धामी र कमलजोशी चयन भएका छन् । »बाँकी समाचार रिडमोर मा छ »
0 टिप्पणियाँ:
एक टिप्पणी भेजें