|अबा हाम्रो गुल्मी डोट.कॉम को वेबसाइट बदले को छ . हजूर हरू ले पुरानो वेबसाइट खोल्नु भये को छ भने हजूर हरू संग अनुरोध गरिन्छा की हम्रोगुल्मी को नया वेबसाइट खोल्नुहोस www.hamrogulminews.com एस्मा नया न्यूज़ हरू कविता हरू सब छन .....|| साथै www.hamrogulminews.com हेर्दै गर्नुहोला ।

पत्रकार महासंघ पाल्पामा पुन: भण्डारी

पाल्पा फाल्गुन १३

नेपाल पत्रकार महासंघ पाल्पाको आठौं जिल्ला अधिवेशन तानसेनमा सम्पन्न भएको छ । अधिवेशनले पुरानै अध्यक्ष भगवान भण्डारीको अध्यक्षतामा निर्विरोध १५ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ तानसेन नगरपालिका हलमा हिजो विहानदेखि शुरु भएको महाधिवेशनले उपाध्यक्षमा राजेशकुमार अर्याल सचिवमा रेखिराम राना सहसचिवमा गजेन्द्र पन्थी कोषाध्यक्षमा शंकर भण्डारीलाई निर्विरोध चयन गरेको छ । त्यस्तै अधिवेशनले सदस्यमा गुराँस आत्रेय, नमिता बस्याल, कृष्ण कार्की, राजकुमार आले, केशव घिमिरे, सन्तोष बस्याल, हुमा सूर्यवंशी, कृष्ण दर्नाल, प्रेम न्यौपाने र अनिता श्रीनेतलाई चुनेको छ ।
हिजो विहान ११ बजेदखि तानसेनमा भएको अधिवेशनमा रातभर सहमति जुटाउनका लागी भएको लामो कसरतपछि अधिवेशनले २१ सदस्यीय केन्द्रिय पार्सद छनौट गरेको छ । मेघराज शर्मा सहित प्रेसचौतारीबाट १२ जना, प्रेसयुनियनबाट ६ जना र क्रान्तिकारी पत्रकार संघबाट ३ जनालाई केन्द्रिय पार्सदमा चयन गरेको नेपाल पत्रकारमहासंघ पाल्पाशाखाले जनाएको छ ।
»बाँकी समाचार रिडमोर मा छ »

0 टिप्पणियाँ:

एक टिप्पणी भेजें

यो साईट एती पटक हेरियो

Web Site Hit Tracking

  © @copyright Hamrogulmionline sewa This site has designed and developed by हाम्रोगुल्मी डट कम 2010

you can go माथि जनुहोस