|अबा हाम्रो गुल्मी डोट.कॉम को वेबसाइट बदले को छ . हजूर हरू ले पुरानो वेबसाइट खोल्नु भये को छ भने हजूर हरू संग अनुरोध गरिन्छा की हम्रोगुल्मी को नया वेबसाइट खोल्नुहोस www.hamrogulminews.com एस्मा नया न्यूज़ हरू कविता हरू सब छन .....|| साथै www.hamrogulminews.com हेर्दै गर्नुहोला ।

रेसुङ्गा हर्बलका उत्पादनहरु बजारमा

गुल्मी फागुन १३ टोपलाल अर्याल
रेसुङ्गा हर्बल फुड एण्ड मसाला उधोग तम्घास गुल्मीले जिल्लामा नै पहिलो पल्ट हर्बल युक्त मसाला जन्य समानहरु अहिले बजारमा ल्याएको छ ।"किसानसंगको सहकार्य हाम्रो प्रतिबद्घता" मुल नारा लिएर स्थापित यस उधोगले किसानका घर दैलोमा पुगी संकलन गरिएका सिस्नो , अदुवा, पुदिना, बेसार, टिमुर र तेजपत्ता लगाएतका सामाग्रीबाट यसरी मसाला जन्य सामानहरु उत्पादन गर्ने गरेको छ । उत्पादित ति सामानहरु प्रकृति जन्य जडिबुटिमा आधारित हर्बलयुक्त भएको र कुनै रसायनिक तत्व नमिसिएकाले उपभोक्ताको हितलाई ध्यान दिदै बजारमा ल्याएको प्रबन्ध निर्देशक प्रेम घर्ति मगरले जानकारी दिनु भयो । अहिले उत्पादित ति सामानहरु गुल्मीसंगै बुटवल, पाल्पा, अर्गाखांची, चितवन, नेपालगञ्ज, धादिङ, काठमाण्डौ लगायतका शहरहरुमा निर्यात भै रहेको सहःनिर्देशक डिबि घर्ति मगरले जानाकारी गराउनु भएको छ ।
गुल्मीको सदरमुकाम तम्घासको पुतली बजारमा उधोग र पुरानो बजारमा कार्यालय रहेको यस उधोगले बुटवल ,चितवन लगाएतका औधोगिक मेलामा आफनो प्रर्दशन समेत गरिसकेको छ । बजारमा आएका अन्य समानको तुलनामा बढि गुणस्तर युक्त भएको र मुल्य पनि समायोजन गरिएकोले बजारमा माग अधिकतम भै रहेको लेखा निर्देशक भविन्द्र घर्ति मगरले जानकारी दिनु भयो । अहिले यस उद्योगबाट ३ सय देखि ४ सय किसानहरु प्रत्यक्ष रुपमा लाभान्वित भएको उद्योगले जनाएको छ ।

»बाँकी समाचार रिडमोर मा छ »

0 टिप्पणियाँ:

एक टिप्पणी भेजें

यो साईट एती पटक हेरियो

Web Site Hit Tracking

  © @copyright Hamrogulmionline sewa This site has designed and developed by हाम्रोगुल्मी डट कम 2010

you can go माथि जनुहोस