|अबा हाम्रो गुल्मी डोट.कॉम को वेबसाइट बदले को छ . हजूर हरू ले पुरानो वेबसाइट खोल्नु भये को छ भने हजूर हरू संग अनुरोध गरिन्छा की हम्रोगुल्मी को नया वेबसाइट खोल्नुहोस www.hamrogulminews.com एस्मा नया न्यूज़ हरू कविता हरू सब छन .....|| साथै www.hamrogulminews.com हेर्दै गर्नुहोला ।

खर्ज्याङमा सिलाई कटाई तालिम

गुल्मी फाल्गुन १९.पी.एम.मगर
शिप विकास केन्द्र बुटवल र गाउँ विकास समिति खर्ज्याङ आयोजना तथा हाम्रा फलामे मुठीको संयोजनमा गुल्मीको खर्ज्याङ गाविसमा सोमबारदेखी तिन महिने सिलाई कटाई तालिम शुरु भएको छ । तालिमको उद्घाटनका अवसरमा हाम्रा फलामे मुठीकी अध्यक्ष एवं कार्यक्रमकी प्रमुख अतिथि अमृता कुँवरले महिलाहरुको शिप विकासका लागि तालिम संचालन भएकाले यसबाट महिलाहरुले आत्मनिर्भर बन्नेगरी तालिममा सहभागी हुन आग्रह गर्नु भएको थियो । साथै उहांले यस्ता शिप!विकासका तालिमहरुले महिलाहरुको नेतृत्व विकासमा सहयोग पुग्ने भन्दै महिलाहरु हरेक अवसर लिन पछाडी पर्न नहुने सुझाव दिनु भएको थियो । खर्ज्याङ गाविसका सबै वार्डबाट तिन जनाका दरले २७ महिला सहभागी तालिमको उद्घाटनको अवसरमा एकिकृत माओवादीका सरोज पाण्डे, नेपाली कांग्रेसका पूर्णबहादुर बुचा, नेकपा एमालेका कृष्ण पन्त, निवर्तमान गाविस अध्यक्ष तुलसीराम पन्त, गाविस सचिव शेरबहादुर कुँवर लगायतले मन्तव्य व्यक्त गर्नु भएको थियो । गाविस सचिव शेरबहादुर कुँवरको सभापतित्वमा संचालन भएको कार्यक्रम तारा कुँवरको संचालनमा सम्पन्न भएको थियो । »बाँकी समाचार रिडमोर मा छ »

0 टिप्पणियाँ:

एक टिप्पणी भेजें

यो साईट एती पटक हेरियो

Web Site Hit Tracking

  © @copyright Hamrogulmionline sewa This site has designed and developed by हाम्रोगुल्मी डट कम 2010

you can go माथि जनुहोस