राजमोको राष्ट्रिय सम्मेलन पोखरामा हुने
बागलुङ, फाल्गुन १८ - राष्ट्रिय जनमोर्चाको दोश्रो राष्ट्रिय सम्मेलन आगामी बैसाख १३ गते देखि १५ गतेसम्म पोखरामा हुने भएको छ । केन्द्रीय सचिव कृष्ण अधिकारीले बागलुङमा आयोजित पत्रकार सम्मेलनमा संघियता विरुद्ध र राष्ट्रियता, जनतन्त्र र जनजिविकाको पक्षमा जाने निर्णयलाई संस्थागत गर्न सम्मेलन गर्न लागिएको बताए ।
'मुलुकमा गणतन्त्र घोषणा भएको छ तर संस्थागत भएको छैन' अधिकारीले भने,'जातीय संघियताको नाममा देशलाई बिखण्डन बनाउनेहरु बाट देशलाई बचाउने मुख्य काम सम्मेलनले गर्नेछ ।' सबै दलले संघियतामा जाने निर्णय गरेपनि अन्तमा आफ्नो दलकै विचार उत्कृष्ठ हुने दावी उनले गरे ।
सम्मेलनमा देशभरका एकहजार दुई सय प्रतिनिधिले भाग लिने सम्मेलनका लागि महासचिव सन्तबहादुर नेपालीको संयोजकत्वमा दस्तावेज मस्यौदा समिति, केन्द्रीय उपाध्यक्ष मनोट भट्टको संयोजकत्वमा प्रचारप्रसार समिति र सचिव कृष्ण अधिकारीको संयोजकत्वमा आर्थिक समिति गठन गरिएको उनले बताए ।
अधिकारीद्वारा बुधवार जारी विज्ञप्तिमा एमाले र माओवादी अध्यक्षहरुले गरेको गोप्य सहमतिको विरोध गरिएको छ । संविधान बनाउने विषयलाई छोडेर सत्ता बाँडफाँडमा लाग्दा ठूला दलनै संविधन विरोधी भएको ठहर आफ्नो दलले गरेको विज्ञप्तिमा उल्लेख छ । »बाँकी समाचार रिडमोर मा छ »
0 टिप्पणियाँ:
एक टिप्पणी भेजें