|अबा हाम्रो गुल्मी डोट.कॉम को वेबसाइट बदले को छ . हजूर हरू ले पुरानो वेबसाइट खोल्नु भये को छ भने हजूर हरू संग अनुरोध गरिन्छा की हम्रोगुल्मी को नया वेबसाइट खोल्नुहोस www.hamrogulminews.com एस्मा नया न्यूज़ हरू कविता हरू सब छन .....|| साथै www.hamrogulminews.com हेर्दै गर्नुहोला ।

छ ओटा घारगोठमा आगलागि, २२ लाखको क्षति

गुल्मी फागुन २१ घनश्याम गौतम/सीता भण्डारी
गुल्मीको पराल्मी गाविसमा शुक्रवार बेलुका करिव चार वजेतिर छ ओटा घारगोठमा आगलागि हुँदा २ घर र चार गोठ जलेर नष्ट भएका छन । सदरमुकाम तम्घासबाट ३ घण्टाको पैदल दुरीमा पर्ने पराल्मी गाविसको वार्ड नं. १ झेंसीखर्क निवासी खिमवहादुर पेमि र तमवहादुर पेमिको घरगोठमा एक्कासी आगलागि हुँदा घर र गोठमा रहेका अन्नपात, लत्ताकपडा, काठ, घाँस दाउरा र गोठमा रहेका तीन भैंसी, पाँच बाख्रा, एक सुँगुर र कुखरा जलेर नष्ट भएका छन् । जिल्ला प्रहरी कार्यालयले दुई घर र उनीहरु दुवै जनाको चार गोठमा गरी आगलागीबाट २२ लाख भन्दा बढीको क्षति पुगेको जनाएको छ । पहिले घरमा एक्कासी आगलागि भएको र गोठमा पनि आगो सल्कीएको स्थनीयवासीले वताएका छन् । आगलगिको कारण भने खुल्न सकेको छैन । आगलागि साँझ आठ बजे सम्मपनि नियन्त्रणमा आईनसकेको स्थानीय तिलक गौतमले जानकारी दिनुभएको छ । आगो स्थानीय बासिन्दाको पहलमा आंशिक नियन्त्रणमा आएको भएपनि तम्घासबाट गएको प्रहरीले आगो नियन्त्रणको प्रयास गरिरहेको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ । »बाँकी समाचार रिडमोर मा छ »

0 टिप्पणियाँ:

एक टिप्पणी भेजें

यो साईट एती पटक हेरियो

Web Site Hit Tracking

  © @copyright Hamrogulmionline sewa This site has designed and developed by हाम्रोगुल्मी डट कम 2010

you can go माथि जनुहोस