|अबा हाम्रो गुल्मी डोट.कॉम को वेबसाइट बदले को छ . हजूर हरू ले पुरानो वेबसाइट खोल्नु भये को छ भने हजूर हरू संग अनुरोध गरिन्छा की हम्रोगुल्मी को नया वेबसाइट खोल्नुहोस www.hamrogulminews.com एस्मा नया न्यूज़ हरू कविता हरू सब छन .....|| साथै www.hamrogulminews.com हेर्दै गर्नुहोला ।

भट्टराईको स्वस्थ्यस्थिति 'अति जटिल'(अपडेट)

काठमाडौं, फाल्गुन २० - पार्टीका संस्थापक नेता तथा पूर्व प्रधानमन्त्री कृष्ण प्रसाद भट्टराईको स्वास्थ्यस्थिति अति जटिल बनेपछि काँग्रेस नेताहरु सबै नर्भिक अस्पताल आइपुगेका छन् । भट्टराईको उपचारमा संलग्न चिकित्सकहरु बैठक बसिरहेका छन् । बैठकमा काँग्रेस सभापति सुशील कोइराला, महामन्त्री प्रकाशमान सिंहलगायतका नेताहरुसमेत रहेको बताइएको छ । काँग्रेसका केन्द्रीय नेताहरुसहित ठूलो संख्यामा भट्टराईका सुभेच्छुक तथा सुभचिन्तकहरु अस्पतालमा भेला भएका छन् ।

नर्भिक अस्पताल परिसरमा रहेको मन्दिरमा काँग्रेस केन्द्रीय सदस्यहरु स्वास्थ्यलाभको कामना गर्दै प्रार्थना गरिरहेका छन् ।

..............................................

यसअघि शुक्रबार बिहान माओवादी नेताहरु पुष्पकमल दाहाल, बाबुराम भट्टराई, सीपी गजुरेललगायत नर्भिक अस्पतला आइ भट्टराईको स्वास्थ्यस्थित बुझेका थिए ।

.................................................

पूर्व प्रधानमन्त्री कृष्णप्रसाद भट्टराईको स्वास्थ्यस्थित 'अतिजटिल' बनेको उपचारमा संलग्न चिकित्सकले बताएका छन् । डा‌‌. भरत रावलका अनुसार उनको स्थास्थ्यस्थित थप जटिल बन्दै गएको छ । चिकत्सकहरुले २४ घण्टा केही भन्न नसकिने जनाएका छन् ।

भट्टराई 'बी-प्याप’मा

स्वास्थ्यस्थिति अत्यन्त संकटपूर्ण बनेपछि चिकित्सकले पूर्वप्रधानमन्त्री कृष्णप्रसाद भट्टराईलाई 'बी-प्याप' भनिने 'एक्सटर्नल भेन्टिलेटर सपोर्ट सिस्टम'मा राखेका छन् । उनको शरीरका विभिन्न

प्रणालीहरू काम नगर्ने स्थिति बिहीबार अबेर रातिसम्म यथावत् छ । चिकित्सकका अनुसार भट्टराई मृत्युसित संघर्ष गरिरहेका छन् ।

चिकित्सा तथ्यपत्रहरूका अनुसार श्वासप्रश्वास प्रणालीले तीव्र रूपमा काम गर्न छोड्न थालेपछि 'बी-प्याप' मा राखिन्छ । 'वाइलेभेल पोजेटिभ एयर प्रेसर' भनिने बी-प्याप श्वासप्रश्वासमा सघाउने यन्त्र हो । यसको उपयोगले रोगीको फोक्सोमा बढी मात्रामा हावा पुग्छ ।

'हामीले सबै आधार दिने (सपोर्टिभ) स्याहार दिइरहेका छौं,' उपचारमा संलग्न नर्भिक इन्टरनेसनल हस्पिटलका डा. भारत रावतले भने, 'समग्रमा उनको स्वास्थ्यस्थिति संकटपूर्ण -क्रिटिकल) छ ।' अर्का चिकित्सक डा. श्यामबहादुर पाण्डेले भने, 'उनको शरीरका प्रणालीहरूले काम नगर्ने स्थिति यथावत् छ ।'

रावतका अनुसार हाल उनको रक्तचाप, नाडी र रगतमा अक्सिजनको स्तरलाई कायम राखिएको छ । 'उनको स्वास्थ्यस्थिति बुधबारको दाँजोमा बिहीबार बढी (स्टैवल) स्थिर छ,' उनले भने, 'पिसाब बन्ने प्रक्रिया धेरै कम छ, यो सबैभन्दा ठूलो समस्या हो ।' बुधबारदेखि नै भट्टराईको पिसाब बन्ने प्रक्रिया रोकिएको थियो ।

'उनलाई सामान्य रूपमा अक्सिजन दिँदा नपुगेपछि अहिले बी-प्यापमा २४ सै घन्टा अक्सिजनको स्तर मिलाउने गरी राखिएको हो,' रावतले भने, 'सामान्यको दाँजोमा भट्टराईको रगतमा अक्सिजनको स्तर धेरै तल भएकाले यसो गर्नु परेको हो ।'

८७ वषर्ीय भट्टराईको स्थिति बताउँदै डा. रावतले बिहीबार राति भने, 'उनी आंशिक रूपमा चेतन भए पनि बोल्न/सञ्चार गर्न सक्दैनन् ।'

भट्टराई दुई सातादेखि नर्भिक इन्टरनेसनल हस्पिटलको आईसीयूमा छन् । भट्टराईलाई श्वासप्रश्वास र शरीर सुन्निने समस्या देखिएपछि २१ दिनअघि नर्भिकमा भर्ना गरिएको थियो । चिकित्सकका अनुसार छातीको पुरानो सीओपीडी (क्रोनिक अब्सट्रक्टिभ पल्मोनरी डिजिज) छ । उनलाई क्रोनिक हर्ट (मुटु) फेल्योर र क्रोनिक रेनल (मृगौला) फेल्योरसमेत छ । भट्टराईको छातीमा समेत संक्रमण छ । विगत केही वर्षदेखि भट्टराईको स्वास्थ्यस्थितिमा समस्या देखिँदै आएको छ । गत वर्ष पनि बिरामी भई थला परेका भट्टराई अत्यन्त जटिल स्वास्थ्य अवस्थाबाट सामान्यतर्फ फर्केपछि उपचारमा संलग्न चिकित्सकले यसलाई चमत्कारको संज्ञा दिएका थिए ।


»बाँकी समाचार रिडमोर मा छ »

0 टिप्पणियाँ:

एक टिप्पणी भेजें

यो साईट एती पटक हेरियो

Web Site Hit Tracking

  © @copyright Hamrogulmionline sewa This site has designed and developed by हाम्रोगुल्मी डट कम 2010

you can go माथि जनुहोस