|अबा हाम्रो गुल्मी डोट.कॉम को वेबसाइट बदले को छ . हजूर हरू ले पुरानो वेबसाइट खोल्नु भये को छ भने हजूर हरू संग अनुरोध गरिन्छा की हम्रोगुल्मी को नया वेबसाइट खोल्नुहोस www.hamrogulminews.com एस्मा नया न्यूज़ हरू कविता हरू सब छन .....|| साथै www.hamrogulminews.com हेर्दै गर्नुहोला ।

कसैले ठट्टा सम्झे, कसैले हुक्का

काठमाडौं, फाल्गुन २३ - सन्त नेता कृष्णप्रसाद भट्टराईलाई श्रद्धाञ्जलि दिन हजारौंको भीडमा उनी आएको र गएको कसैले थाहा पाएन । उनी थिइन्, किसुनजीलाई मनपर्ने दार्जिलिंगे चिया खुवाउने ६३ वर्षीया लक्ष्मी थापा मगर 'लक्ष्मी दिदी' ।किसुनजीलाई फूलको माला चढाउने बेलामा नजिकै उभिएका अमिता कपाली र दर्जनौं पत्रकारहरूले समेत उनलाई चिनेनन् । 'म त दोलखा भीमसेन गएकी थिएँ, उता हुँदै शनिबार किसुनजी बित्नुभएको थाहा पाएँ,' लक्ष्मी दिदीले कान्तिपुरसँग भनिन्, 'नरमाइलो लाग्यो, पुरानो सम्झनामा डुब्दा आँसु थाम्नै सकिनँ ।

उनलाई यतिखेर किसुनजीले खाने दार्जिलिंगेको एक नम्बर 'मकैबारी' चियाको निकै सम्झना आयो । 'यो नै उहाँलाई मनपर्ने चिया थियो, जहाँबाट भए पनि खोजेर ल्याएर राख्थेँ,' उनी भन्छिन्, 'यो अन्तिम भेटको बेला हतारमा ल्याउन बिर्सिछु ।'

उनी अबेर राति दोलखाबाट फर्के पनि आइतबार बिहान किसुनजीको अन्तिम दर्शनका लागि सपरिवार रंगशाला पुगिन् । उनलाई छोरा मोहन, बुहारी नानु, छिमेकी सावित्री सापकोटा र पारिवारिक नातेदार सुवास पौडेलले सघाउँदै लगेका थिए । भीडभाड र गर्मीमा पशुपतिमा दर्शन गर्न गाह्रो हुने भएकाले बिहानै रंगशालामा श्रद्धाञ्जलि दिन आएको उनले बताइन् ।

'साथीभाइबाट मेरो पसलबारे थाहा पाएर उहाँ २०३६ सालदेखि मकहाँ चिया खान आउन थाल्नुभएको थियो,' ४३ वर्षदेखि नयाँबानेश्वर चिया पसल सञ्चालन गर्दै आएकी उनले भनिन्, '७५ जिल्लाकै मित्रजनसँग शनिबार चिया खानुहुन्थ्यो, करिब आधी घन्टा ठट्यौली र राजनीति गफ गरेर जानुहुन्थ्यो ।' उनीसँग चिया खान मनमोहन अधिकारी र गिरिजाबाबु पनि आइपुग्ने गरेको उनले सम्भिmन् ।

उमेरमा २४ वर्ष कान्छी भए पनि किसुनजीले पनि उनलाई 'लक्ष्मी दिदी, चिया खुवाऊ' भन्दै आइपुग्थे । 'मीठो मानीमानी खानुहुन्थ्यो, चिया मीठो भएन भनेर कहिल्यै गाली गर्नुभएन,' उनले भनिन् ।

प्रधानमन्त्री भएकै दिन पनि चिया खानलाई ट्याक्सी चढेर आएको लक्ष्मी दिदीले बिर्सेकी छैनन् । लक्ष्मी दिदीका छोरा मोहन भन्छन्, 'अहिलेका मन्त्री चढेको पजेरो फिर्ता गर्दैनन्, उनी प्रधानमन्त्री भएको बेला ट्याक्सी चढे, यसको सिको गर्नुपर्छ ।'

भट्टराईले २०४७ सालमा चुनाव हारेपछि चिया पसलमा आउन छाडेको लक्ष्मी दिदीले बताइन् । उनको पसल धेरैका लागि किसुनजीलाई भेट्ने सम्पर्क कार्यालयझैं थियो । '२०४६ सालपछिको कुरा हो, किसुनजीलाई खोज्न अमिता कपाली पनि मेरै चिया पसलमा आउँथिन्,' उनले भनिन्, 'धेरै पछि गएर किसुनजीको सहयोगी बनेकी हुन् ।'

श्रद्धाञ्जलिका लागि आइरहेका राष्ट्रपति, ठूला नेता र कूटनीतिज्ञको प्रतिक्रिया लिन सञ्चारमाध्यमबीच तँछाडमछाड चलिरहेको हेर्दै उनी आएको केही मिनेटमै बानेश्वर फर्केकी थिइन् । रंगशालाको भीडमा श्रद्धाञ्जलि अर्पण गर्न पुगेकी सहिद देवानसिंह राईकी छोरी लक्ष्मी पनि यस्तै अर्को पात्र थिइन् ।

सुन्दरीजल जेलमा लक्ष्मीका पिता देवानसिंह राई र किसुनजीले सँगै बन्दी जीवन बिताएका थिए । 'जहिले भेटे पनि किसुनजीले तिम्रो बुवा र मैले एउटै हुक्का खाएको सुनाउन बिर्संदैन्थे,' लक्ष्मीले भनिन्, 'साथीको छोरी भनेर माया गर्थे ।'

उनले पार्थिव शरीरमा फूलमाला चढाउने बेलामा किसुनजीले भनेको तीनै कुराहरू सम्झिरहेको बताइन् । स्वर्गीय हुनुभन्दा दुई दिनअघि पनि किसुनजीलाई भेट्न उनी अस्पताल पुगेकी थिइन् । 'किसुनजी संरक्षक रहेका प्रजातान्त्रिक प्रवर्द्धन केन्द्रको १७ औं वाषिर्कोत्सवका लागि निम्तो दिन जाँदा असोज २५ मा मजाले कुरा भएको थियो,' उनी भन्छिन् । उनी कांग्रेसकी केन्द्रीय सदस्य तथा उक्त केन्द्रकी महासचिव हुन् ।

किसुनजीको अभिन्न मित्रका रूपमा चिनिने कांग्रेसी नेता प्रेमराज आङदम्बेकी जेठी छोरी ५० वषर्ीया विजया आङदम्बे लिम्बु पनि भीडबाट परको टेन्टमा मौन बसिरहेकी देखिइन् । उनको ८१ वषर्ीय पिता प्रेमराज इलाम बस्छन् । 'निकै सम्झना आएपछि गत दसैंमा बुवा र म किसुनजीलाई भेट्न गएका थियौं,' गल्फुटार बस्दै आएकी विजयाले भनिन्, 'हामी आएको देखेर किसुनजी खुसीले गद्गद् हुँदै स्वागत गर्नुभयो, मैले त ड्याडी र उहाँको मजाले तस्बिर खिचेर राखेकी छु ।' बालबालिकालाई पढाउन राजधानी बस्दै आएकी विजयाले भनिन्, 'मैले यहाँ र बुवाले उतै कार्यक्रम आयोजना गरेर श्रद्धाञ्जलि दिनुभयो ।'

श्रद्धाञ्जलि दिनलाई महत्त्वपूर्ण र चिनिएको व्यक्तिको तस्बिर र साक्षात्कारका लागि हौसिने सञ्चारकर्मी रंगशालामै उपस्थिति ऐतिहासिक व्यक्तित्व र उनीहरूका परिवारतर्फ खासै चासो लिएको देखिएन । किसुनजीका अर्का परममित्र सपरिवार चितवन क्षेत्रपुरबाट श्रद्धाञ्जलि दिनलाई रंगशाला पुगेका थिए । 'हामीले सँगै बिताएका सुन्दर क्षणहरू सम्भिmरहेको छु,' चितवनका ८८ वषर्ीय श्यामकृष्ण प्रधानले भने ।

उनी श्रीमती ७६ वषर्ीया गौरी र छोरी विजयासँग लडखडाउँदै रंगशाला पुगेका थिए । प्रधान परिवारले पशुपति आर्यघाटको अन्त्येष्टिमा समेत सामेल हुने गरी चितवनबाट आफ्नै वाहनमा आएको बताए ।

'८/९ वर्षअघि पार्टीको कामको सिलसिलामा किसुनजी अन्तिम पटक मेरो घर आउनुभएको थियो,' प्रधान परिवारले भने, 'त्यसपछि त भेट हुन पाएन ।' उनीहरूले किसुनजीसँग विगतको रमाइलो सम्झना संगालेर राखेका छन् ।

'किसुनजीलाई मेरो ना अ ३१ नम्बरको ल्यान्ड रोभरमा सवारी गर्न निकै मन पथ्र्यो,' किसुनजीभन्दा एक वर्ष जेठा श्यामकृष्णले भने, 'दुई दशक अगाडिसम्म उनलाई मेरो गाडीमा चितवन-काठमाडौ ओहोर-दोहोर गराउँथे ।' श्यामकृष्णको लाइसेन्स नम्बर ५ थियो र किसुनजीले ठट्टा गर्दा उनलाई 'लाइसेन्स नम्बर ५' भनेर बोलाउँथे ।

मौका पाउनेबित्तिकै ठट्टा गर्ने किसुनजीको बानीलाई श्यामकृष्णकी छोरी विजयाले पनि सम्भिmरहेकी थिइन् । 'राम्रो गहना र लुगा लगाएर गएपछि 'आहा' कति राम्रो लगाएको भन्दै जिस्किन्थे,' उनी भन्छिन् । प्रधान परिवारले काठमाडांै र चितवनमा आयोजना गरेको हरेक कार्यक्रममा किसुनजीको अनिवार्य उपस्थिति हुन्थ्यो ।

'प्रधानमन्त्री भएका बेला २०४८ मा एक विशेष पारिवारिक कार्यक्रमका लागि उहाँलाई निम्तो दियौं,' प्रधान परिवारले भने, 'काठमाडौं बाहिर हुनुभएकाले नआउने आशा गरेका थियौं, फर्केर भए पनि कार्यक्रममा सरिक हुनुभयो ।' प्रधान परिवारले किसुनजीसँगको हरेक तस्बिर र भिडियोलाई सुरक्षित राखेका छन् । रंगशालाको विचरण गर्दा किसुनजीले आफ्नो पुस्तक र लेखमा समेत उल्लेख गरेका यस्तै थुप्रै जीवित ऐतिहासिक पात्र र उनका परिवार भेटिए, जो सस्तो प्रचारप्रसारभन्दा प्रजातन्त्र र स्थायित्वको मात्र चिन्ता गरिरहेका भेटिए ।
»बाँकी समाचार रिडमोर मा छ »

0 टिप्पणियाँ:

एक टिप्पणी भेजें

यो साईट एती पटक हेरियो

Web Site Hit Tracking

  © @copyright Hamrogulmionline sewa This site has designed and developed by हाम्रोगुल्मी डट कम 2010

you can go माथि जनुहोस