कर्मचारी हत्यापछि चन्दा आतंक बढ्यो
तुलसीराम के सी.२२ फागुन, बारा ।
बारामा मालपोत कार्यालयका नायब सुब्बा माधव थापाको हत्यापछि भूमीगत समुहहरुको चन्दा आतंक झन् बढेको छ । भूमीगत समुहका नेता कार्यकर्ताले बिशेषगरी जिल्लाका सरकारी कार्यालयका कर्मचारी र उद्योगी व्यापारीहरुलाई टेलिफोन मार्फत धम्क्याएर चन्दा असुल्ने क्रम तीब्र पारेका छन् ।भूमीगत समुहहरुको टेलिफोन धम्की र चन्दा आतंक कारण मानसिक तनावमा काम गर्नुपरेको जिल्लाका कर्मचारी तथा उद्योगी व्यवसायीहरुले गुनासो गरेका छन् । स्थानीय सुरक्षा निकायले सुरक्षा व्यवस्था कडा पारेको दाबी गरे पनि नायबसुब्बा थापाको हत्यापछि भूमीगत समुहहरुको धम्कीपूर्ण फोन आउने क्रम अझ बढेको कलैयास्थित एक सरकारी कार्यालयका एक कर्मचारीले बताएका छन् ।बारा मालपोत कार्यालयका नायब सुब्बा थापाको दुई साता अघि सशस्त्र भूमीगत समुहले घरमै बसिरहेको बेला गोली हानी हत्या गरेको थियो । »बाँकी समाचार रिडमोर मा छ »
0 टिप्पणियाँ:
एक टिप्पणी भेजें