कोक्रोमा सुतेका बालकको आगलागीमा मृत्यु
गुल्मी, चैत्र १० - हाम्रोगुल्मी संवाददाता
आगलागीमा परेर घमिरमा दुई वर्षिय बालकको ज्यान गएको छ ।घमिर–५ का विपन्न परिवारका कृष्णबहादुर वि.क.को दुई वर्षिय छोराको कोक्रोमा सुतेकै बेलामा ज्यान गएको हो । घर परिवारका सबै सदस्य घाँस काट्न गएको समयमा विकको ५ वर्षिय जेठो छोरा तुलबहादुरले सलाई कोरेर आगो लगाएको थियो । वि.क. को गाउँमा घर जग्गा केही नभएकाले गाविसले उपलब्ध गराएको सरकारी जग्गामा घर बनाएर बस्दै आएका थिए । गाविसले उपलब्ध गराएका सरकारी जग्गा भएकै कारण छरछिमेकमा कोही नभएकाले समयमै आगलागी नियन्त्रण हुन नसक्दा बच्चा क्रोक्रोमै जलेर सकिएको स्थानीय पत्रकार राजेन्द्र पन्थीले बताए ।आगलागीबाट विकको घरको सम्पूर्ण खाध्यान्न सहित लत्ता कपडा सबै जलेर नष्ट भएको छ । विपन्न परिवारहरु छिमेकीको घरमा आश्रय लिएर बसेको पन्थीले बताए । »बाँकी समाचार रिडमोर मा छ »
0 टिप्पणियाँ:
एक टिप्पणी भेजें