|अबा हाम्रो गुल्मी डोट.कॉम को वेबसाइट बदले को छ . हजूर हरू ले पुरानो वेबसाइट खोल्नु भये को छ भने हजूर हरू संग अनुरोध गरिन्छा की हम्रोगुल्मी को नया वेबसाइट खोल्नुहोस www.hamrogulminews.com एस्मा नया न्यूज़ हरू कविता हरू सब छन .....|| साथै www.hamrogulminews.com हेर्दै गर्नुहोला ।

सवारी दुर्घटनामा दुईजनाको मृत्यु

१० चैत्र, काठमाडौं ।
काठमाडौं र भक्तपुरमा भएका छुट्टै छुट्टै सवारी दुर्घटनामा दुईजनाको मृत्यु भएको छ । विहीबार विहान नयाँबजारमा सडक छेउमा पार्किङ गरी राखेको राखेको बा ४ च ९८५५ नम्बरको निजी टाटा मोवाईलमा विहान पौने एक बजे बा ३६ प ९६०६ नम्बरको मोटरसाइकल ठोक्किदा मोटरसाइकल चालक २२ बर्षीय अभिषेक खड्काको मृत्यु भएको हो । दुर्घटनामा घाइते भएका खड्काको शिक्षण अस्पताल महाराजगन्जमा उपचारको क्रममा मृत्यु भएको हो ।यसैगरी भक्तपुरको दुवाकोट २ जगगुरु इट्टा भट्टामा बा २ ख ८९४७ नम्बरको मिनि ट्रकले ठक्कर दिँदा सोही इट्टा भट्टामा काम गर्ने काभ्रेका कुनसाङ लामाको ९ वर्षे छोरा चालसाङ लामाको मृत्यु भएको प्रहरीले जनाएको छ ।दुर्घटनामा गम्भीर घाइते भएका लामाको भक्तपुर अस्पतालमा उपचारको लागि लैजाँदै गर्दा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ । »बाँकी समाचार रिडमोर मा छ »

0 टिप्पणियाँ:

एक टिप्पणी भेजें

यो साईट एती पटक हेरियो

Web Site Hit Tracking

  © @copyright Hamrogulmionline sewa This site has designed and developed by हाम्रोगुल्मी डट कम 2010

you can go माथि जनुहोस