गएका बनका पदाधीकारी माथी आक्रमण
प्रतिक्षा शर्मा गुल्मी चैत्र ०७
सामुदायिक बन निरीक्षणका लागि गएका सामुदायिक बनका पदधीकारालाई बन निरीक्षणका क्रममा आक्रमण भएको छ।
गुल्मी बाङ्गमरठ सामुदायिक बन उपभोक्ता समिति घमिर गुल्मीका पदाधीकारीहरु बन निरिक्षणा क्रममा आक्रमणमा पर्नुभएको हो । हिजो बन निरिक्षणका क्रममा घमिर २ पुरन्ने निबासी दल्ले भनिने रेशम बहादुर उनका छोराहरु कृष्ण बहादुर लम्साल र ढाल बहादुर लम्सालले सामुदायिक बनका अध्यक्ष देबीराम अर्याल उपाध्यक्ष गोबिन्द प्रसाद लम्साल र सचिब सुर्य बहादुर लम्सालमाथी आक्रमण गरेको बनका उपाध्यक्ष गोबिन्द लम्सालले बताउनु भएको छ ।
बन निरिक्षणका क्रममा सालको रुख काटेको पाइएको र रोकने क्रममा आक्रमण भएको बताइएको छ । यसरी सामाजिक धनको रुपमा रहेको सामुदायिक बनलाई संरक्षण गर्नको लागि सबैले आफ्नो तर्फबाट लागी पर्नुपर्ने बताउदै अपराधिलाई प्रक्रिया पुयाएर कारबाहि समेत गर्नुपर्ने पिडित उपाध्क्ष गोबिन्द प्रसाद लम्सालले माग गर्नुभएको छ । »बाँकी समाचार रिडमोर मा छ »
0 टिप्पणियाँ:
एक टिप्पणी भेजें