|अबा हाम्रो गुल्मी डोट.कॉम को वेबसाइट बदले को छ . हजूर हरू ले पुरानो वेबसाइट खोल्नु भये को छ भने हजूर हरू संग अनुरोध गरिन्छा की हम्रोगुल्मी को नया वेबसाइट खोल्नुहोस www.hamrogulminews.com एस्मा नया न्यूज़ हरू कविता हरू सब छन .....|| साथै www.hamrogulminews.com हेर्दै गर्नुहोला ।

रेसुङ्गा माध्यमिक बिद्यालयमा नव निर्मित १२ कोठे भवनको उदघाटन भोली

शिबलाल सुबेदी गुल्मी चैत्र ७
भारतीय राजदुतावासको सहयोगमा गुल्मी जिल्लाको सदरमुकाम तम्घासमा रहेको रेसुङ्गा माध्यमिक बिद्यालयमा नव निर्मित १२ कोठे भवनको भोली एक कार्यक्रममा बिच उद्घाटन गरिने भएको छ ।
१५ कोठे बिद्यालय भवन , बिद्यालय वरिपरि पर्खाल,शौचालय र फनिचर लगायतको ४ बर्ष अगाडि सम्झौता भएपनि सम्झौता अनुसार काम नभई १२ कोठे र एक तले शौचालयको भोली भारतीय राजदुत राकेश सुदले उद्घाटन गर्ने कार्यक्रम रहेको छ । सम्झौता अनुसार परियोजना अन्र्तगतका काम हरु नभएको भन्दै बिद्यालयले पटक पटक जिल्ला विकास समिती गुल्मी र भारतीय राजदुतावासमा पत्राचार गर्दा समेत निमार्ण कार्य अधुरो रहेका कारण बिद्यालयले आफ्नो श्रोत र साधन प्रयोग गरि समेत गरेको थियो । उक्त बिद्यालय भारतीय राजदुतावासको आर्थिक करिव ८२ लाख र जिल्ला बिकास समिती गुल्मीको प्राबिधिक सहयोगमा निमार्ण सम्पन्न भएको बिद्यालय स्रोतले जनाएको छ । भारतीय राज दुतावासको सहयोगमा नवनिर्मित यो बिद्यालय भवन सदरमुकाम तम्घासको पहिलोे बिद्यालय भवन पनि हो । साथै सुदले भोली बिहान गुल्मीकै रानीवासमा पनि नर्वनिर्मित बिद्यालय भवनको उद्घाटन गर्ने, सदरमुकाम तम्घासमा रहेको जिल्लाको पहिलो क्याम्पस रेसुङ्गा बहुमुखि क्याम्पसमा नवनिर्मित भवनको अनुगमन गर्ने तथा कालिदत्त गुल्म भागीथुम ब्यारेकोको समेत अवलोकन गर्ने कार्यक्रम रहेको छ ।
»बाँकी समाचार रिडमोर मा छ »

0 टिप्पणियाँ:

एक टिप्पणी भेजें

यो साईट एती पटक हेरियो

Web Site Hit Tracking

  © @copyright Hamrogulmionline sewa This site has designed and developed by हाम्रोगुल्मी डट कम 2010

you can go माथि जनुहोस