|अबा हाम्रो गुल्मी डोट.कॉम को वेबसाइट बदले को छ . हजूर हरू ले पुरानो वेबसाइट खोल्नु भये को छ भने हजूर हरू संग अनुरोध गरिन्छा की हम्रोगुल्मी को नया वेबसाइट खोल्नुहोस www.hamrogulminews.com एस्मा नया न्यूज़ हरू कविता हरू सब छन .....|| साथै www.hamrogulminews.com हेर्दै गर्नुहोला ।

गुल्मी महोत्सवको प्रचार प्रसार तीव्र

विष्णु पौडेल, सामुदायिक रेडियो स्काई
गुल्मी चैत्र ०७
आउँदो बैशाखमा सञ्चालन हुने गुल्मी महोत्सवको प्रचारप्रसार तीव्र पारिएको छ । यतिवेला जिल्लाका विभिन्न ठाउँमा विभिन्न उपसमितीले प्रचार प्रसार कार्य तीव्र पारेका छन् । यसैक्रममा आइतवार एक टोलीले क्षेत्र नम्वर १ र २ का विभिन्न ठाउँमा प्रचार प्रसार, अन्तरक्रिया तथा बिभीन्न ठाउँको अध्ययन, अवलोकन सम्पन्न गरेको छ । गुल्मी उद्योग बाणिज्य सघं तथा अन्य बिभीन्न सघं सस्थाहरुको आयोजनामा हुने महोत्सवको प्रचार प्रसारकालागि उद्योग बाणिज्य सघंका उपाध्यक्ष तथा प्रचार प्रसार उपसमितीका सयोंजक दुर्गा प्रसाद पाण्डेको नेतृत्वमा निस्केको टोलिले आईतवार गुल्मीका गौडाकोट, जुभुङ, तुराङ, मजुवा जोहाङ, खैरेनी उर्लीखोला लगायतका विभिन्न ठाउँका स्थानीय वासीसंगको अन्तक्रिया गरेको छ ।
टोलीले बिभीन्न राजनितीक दलका प्रतिनीधी, समाजसेवि, बुद्धिजीवी, व्यापारि, शिक्षक, स्थानीय बासिन्दा लगाएत सगं भेटघाट गरेको छ । भेटका क्रममा महोत्सवलाई सफल बनाउनको लागि सबैले आ–आफ्नो क्षेत्रबाट सहयोग पु¥याउने प्रतिबद्धता व्यक्त गरेको प्रचारप्रसार उपसमितीका संयोजक दुर्गा प्रसाद पाण्डेले वताउनुभयो ।
टोलिमा घरेलु तथा कृषि उप समितीका सयोंजक गोपाल प्रसाद भुसाल, गुल्मी उद्योग वाण्ज्यि सघंका सदस्य मिगेन्द प्रसाद क्षेष्ठ, राम प्रसाद पन्थि, मनिराम अर्याल, स्वागत द्धार निर्माण समितीका सयोजक श्याम कुमार पाण्डे, खाद्यान्न व्यावस्थापन समितीका सयोंजक रेमलाल पाण्डे, पत्रकार महासंघका सचिव भरत पाण्डे, प्रेस चौतारी गुल्मीका अध्यक्ष तथा कृषि तथा घरेलु उपसमितीका सचिव ज्ञान वहादुर महतरा, रेडियो स्काईका शिवलाल सुवेदी लगायत रहनुभएको छ ।
यसैबिच महोत्सवलाई सफल बनाउनको निमीत्त होटल व्यावशायी मञ्च गुल्मीले पनि तम्घासका होटलहरुको निरीक्षण तथा अनुगमन गरेको छ । होटल व्यावशायि मञ्च गुल्मीका उपाध्यक्ष मेघराज कणेल, सचिव मुकून्दहरि गौतम, कोषाध्यक्ष जगं बहादुर कुवंर, सदस्यहरु बुद्धिराम आचार्य, खेम बहादुर कुवंर, घन बहादुर बस्नेत, कृष्ण पाण्डे लगायत रहनुभएको टोलीले सदरमुकामका विभिन्न होटलको अनुगमन गरेको छ ।
»बाँकी समाचार रिडमोर मा छ »

0 टिप्पणियाँ:

एक टिप्पणी भेजें

यो साईट एती पटक हेरियो

Web Site Hit Tracking

  © @copyright Hamrogulmionline sewa This site has designed and developed by हाम्रोगुल्मी डट कम 2010

you can go माथि जनुहोस