६६ वर्षीय वृद्ध पनि एसएलसी दिँदै
पर्सा (वीरगन्ज), चैत्र ११ -
शिक्षा आर्जन गर्नका लागि उमेरले छेक्दैन भन्ने उदाहरण पर्साको एक स्थानीय वृद्धले दिएका छन् ।बिहीबारबाट सुरु भएको प्रवेशिका परीक्षामा सामेल भएको जिल्लाको विजयवस्तीका ६६ वर्षीय आशबहादुर गुरुङले यस्तो सन्देश दिएका हुन् । जिल्लाको अति विकट वस्ती ठोरीमा रहेको सरस्वती उच्च माविबाट कक्षा दस पास गरेका गुरुङले विजयवस्ती परीक्षा केन्द्रबाट परीक्षा दिइरहेका छन् ।
पढाइको चाहना पूरा गर्नका लागि आफू परीक्षा दिन आएको र उत्तीर्ण भएपछि उच्च शिक्षा पनि हासिल गर्ने चाहना रहेको उनले बताए ।
पर्सामा यसवर्षको प्रवेशिका परीक्षामा सबै गरेर पाँच हजार ४५५ परीक्षार्थी सामेल भएको जिल्ला शिक्षा अधिकारी केदार तिवारीले जानकारी दिए ।
सदरमुकाममा १२ सहित जम्मा १८ वटा परीक्षा केन्द्र जिल्लामा तय गरिएको छ ।
»बाँकी समाचार रिडमोर मा छ »
0 टिप्पणियाँ:
एक टिप्पणी भेजें