नवलपरासी वाट ५ सय ८० जना माओवादी लडाकुहरु एसएलसीमा सहभागी
शिबलाल सुबेदी गुल्मी चैत्र १०,
आज देखि सुरु हुने भएको एसएलसी परीक्षामा नवलपरासी वाट मात्र ५ सय ८० जना माओवादी लडाकुहरु परीक्षामा सहभागी भएका छन् । माओवादीको परीवर्तन स्मृती व्रिगेड चौथौ डिभिजन झ्याल्टुङ डाँडा तथा यसका साहायक शिवीरमा रहेका ५ सय ८० लडाकु यस पालीको एसएलसी परीक्षामा सहभागी भएको भाइस कमाण्डर बासुदेव घिमीरे पावेलले जानकारी दिनुभएको छ ।जसमध्ये ३० प्रतिशत महिला लडाकु रहेका छन् भने ६० प्रतिशत पुरुष लडाकुहरु रहेका छन । आधुनिक समाजमा वल भन्दा पनि वुद्धिको बढी महत्व हुने भएकाले आफुहरुले खाली समयको सदुपयोग गरेको परिक्षार्थी लडाकुको धारणारहेको छ । उनीहरु मध्ये १ सय ८० जनाले नवलपरासीको चोरमारास्थित नवलपुर बोर्डिङ स्कुल र बाँकी चार सय जनाले अरुणखोला वोडिङ स्कुलवाट परीक्षा दिएको बुझिएको छ । चौथो डिभिजनबाट माओवादी जनमुक्ति सेनाले एसएलसी परीक्षा दिन लागेको यो दोस्रो पटक भएको डिभिजन जनाएको छ ।
»बाँकी समाचार रिडमोर मा छ »
0 टिप्पणियाँ:
एक टिप्पणी भेजें