राष्ट्रिय लोक गित तथा सगीतको एक टोली गुल्मीमा
शिबलाल सुबेदी गुल्मी चैत्र ११,
गित र सगीतको नयाँ प्रबिधी पेन डाइभ र मेमरी कार्डको बजार अनुगमन समितीको एक टोली आज गुल्मीको सदरमुकाम तम्घास आईपुगेको छ ।टोलीले बजारमा माईकीङ्ग, र पोष्टर पप्पेलिटिङ्गको कार्यक्रम पनि राखेको जनाएको छ । टोलीमा राष्ट्रिय दोहोरी गित प्रतिष्ठानका पदाधिकारीहरु , सगित उद्योग सघँका पदाधिकारीहरुको सहभागीता रहेको छ । गीत सगीत सक्कली मेमरी कार्ड र पेन डाइभमा बजारमा आईपुगेकाले श्रोताहरुलाई जानकारी गराउनका लागि उक्त टोली पश्चिमाञ्चल बिकास श्रेत्र, मध्यपश्चिमाञ्चल बिकास श्रेत्र र सुदुर पश्चिमाञ्चल विकास श्रेत्रको यात्रा लिएर हिडेको टोलीका सयोजक पदम बुढाले जानकारी दिनुभएको छ । सक्कली क्यासेट किनेर सुन्न समेत टोलीले सबैलाई अनुरोध गरेको छ । मेघा कलेक्स म्युजिक नेपाल मार्फत बजारमा आएको पेन डाइभ र मेमरी कार्डबाट सयौ भन्दा कम्पनीहरुको गीत सगीत सुन्न पाईने बताइएको छ । टोलीमा राष्ट्रिय लोक दोहोरी प्रतिष्ठानका केन्द्रिय उपाध्यक्ष चन्द्र शर्मा, कोषाध्यक्ष तथा लोक दोहोरी गायक कुष्ण देवकोटा ,सगीत उद्योग सघंका केन्द्रिय महासचिव पदम बुढा, र सगरमाथा डिजीटल प्रालिका सञ्चालन हिरा के.सी. लगायत रहनु भएको छ । टोलीले आज गुल्मी सदरमुकाम तम्घासमा बिभिन्न कार्यक्रमहरु राखेको छ । »बाँकी समाचार रिडमोर मा छ »
0 टिप्पणियाँ:
एक टिप्पणी भेजें