|अबा हाम्रो गुल्मी डोट.कॉम को वेबसाइट बदले को छ . हजूर हरू ले पुरानो वेबसाइट खोल्नु भये को छ भने हजूर हरू संग अनुरोध गरिन्छा की हम्रोगुल्मी को नया वेबसाइट खोल्नुहोस www.hamrogulminews.com एस्मा नया न्यूज़ हरू कविता हरू सब छन .....|| साथै www.hamrogulminews.com हेर्दै गर्नुहोला ।

एसएलसीको दोस्रो दिन गुल्मीमा आधा दर्जन बिद्याथी निष्कासित

शिबलाल सुबेदी गुल्मी चैत्र ११,
एस.एल.सी परिक्षको दोस्रो दिन आज गुल्मी जिल्लाका बिभिन्न परिक्षा केन्द्रहरुबाट आधा दर्जन परिक्षर्थीहरु निष्कासित भएका छन ।परिक्षको दोस्रो दिन नेपाली बिषयको परिक्षा दिइरहेका परिक्षार्थीहरुले परिक्षाको मर्यादा बिपरित काम गरेको भन्दै गुल्मी जिल्लाको वामीमा रहेको आर्दश उच्च माध्यमिक वामी परिक्षाकेन्द्रबाट १ जना , उदय उच्च माध्यमिक परिक्षाकेन्द्र शान्तिपुरबाट २ जना बिरवास परिक्षाकेन्द्रबाट १ जना र अर्जे परिक्षा केन्द्रबाट २ जना गरि ६ जना परिक्षार्थीहरु आजको परिक्षाबाट निष्कासित भएको जिल्ला शिक्षा अधिकारी चन्द्रकान्त भुसालले जानकारी दिनुभएको छ । हिजो पनि परिक्षाको मर्यादा विपरित कार्य गरेको भन्दै १ दर्जन वढी परिक्षार्थीहरु बिभिन्न परिक्षाकेन्दवाट निष्कासित भएका थिए । यस बर्ष गुल्मीमा ९८ वटा सामुदायिक विद्यालय र १२ वटा संस्थागत विद्यालय गरी १ सय १० विधालयका ७ हजार ३ सय ४५ जना विधार्थीहरु एस.एल.सीमा सहभागी भएका छन । जसमा नियमीत तर्फ ४ हजार ५ सय २३ जना र एक्जाम्टेड तर्फ २ हजार ८ सय २२ जना परिक्षार्थीहरु रहेका छन । त्यस्तै जनज्योती उच्च माध्यमिक रिमुवा गुल्मीका ४ जना दृष्टिविहिन परिक्षर्थीहरु र एक जना गुल्मी कारागार शाखावाट पनि परीक्षामा सहभागी भएका छन ।
»बाँकी समाचार रिडमोर मा छ »

0 टिप्पणियाँ:

एक टिप्पणी भेजें

यो साईट एती पटक हेरियो

Web Site Hit Tracking

  © @copyright Hamrogulmionline sewa This site has designed and developed by हाम्रोगुल्मी डट कम 2010

you can go माथि जनुहोस