आगलागीबाट करिब २०लाख बराबरको क्षेति
शोभा आचार्य १३ चैत्र, गुल्मी
गुल्मीको ठुलो लुम्पेक गाविस वार्ड नम्बर ८ गुलम्दीको मगरबस्तीका ९ घर गोठमा आगालागि हुदाँ करिव २० लाख बराबरको क्षती भएको छ ।स्थानीय घन बहादुर तरामुको घरबाट शुरु भएको आगालागिबाट मित्रलाल तरामु , बसन्त तरामु, सहबिर तरामु, तुल्सीराम तरामु ,मगंललाल तरामु, बिल बहादुर तरामु , फर्सुराम तरामु , गुरु बहादुर तरामुका घर गोठ जलेर पुर्ण रुपमा नष्ट भएका छन । आगालागि करिव २ घण्टापछि स्थानीयवासीहरुको सहयोगमा नियन्त्रणमा आएको स्थानीयवासी ओम बहादुर कुवँरले बताउनु भएको छ । घन बहादुर तरामुको घरमा केटाकेटी भएकाले कसरी लाग्यो भन्ने बारेमा खुल्न नसकेको प्रहरीले जनाएको छ । »बाँकी समाचार रिडमोर मा छ »
0 टिप्पणियाँ:
एक टिप्पणी भेजें