सुडान मिसन घोटालाको मुद्दा अव अन्तराष्ट्रिय अदालतमा
१३ चैत्र, काठमाडौ ।
प्रहरीको सुडान मिसनमा भएको अनियमितताको विषय अव अन्तराष्ट्रिय अदालतमा जाने भएको छ ।संसदको राज्य व्यवस्था समितिको प्रतिवेदनअनुसार अख्तियार दुरुपयोग अनुसन्धान आयोगले तत्कालिन गृहमन्त्री कृष्णप्रसाद सिटौला, तत्कालिन गृहसचिव उमेश मैनाली, तत्कालिन प्रहरी महानिरीक्षक ओमविक्रम राणा, हमेबहादुर गुरुङ र वर्तमान महानिरीक्षक रमेश चन्द ठकुरीमाथि मुद्दा हाल्ने तयारी गरेको छ । तर अख्तियारको कारवाही अगावै प्रहरीले ठेकेदार कम्पनीसँग क्षतिपूर्ति माग्दै अन्तराष्ट्रिय अदालतमा मुद्दा हाल्ने भएको हो ।
सुडान मिसनमा प्रहरीका लागि किनिएका ४४ करोडका सामाग्री कमसल भनेर राष्ट्रसंभले प्रयोग गर्न दिएको छैन । सुडानको डार्फरमा रहेको नेपाल प्रहरीको टोली दुई वर्षदेखि बन्दोवस्तीका सामान विनै र जोखिमपूर्ण अवस्थामा काम गरिरहेको छ ।
एपिसी खरिद गर्न प्रहरी कल्याणकोषको रकम लगानी गरिएको थियो । तर १४ करोड पर्ने कमसल सामानलाई ४४ करोड तिरेर ३० करोड भ्रष्टाचार भएको ठहर संसदको राज्य व्यवस्था समितिले गरिसकेको छ ।
प्रहरीले एपिसी लगायतका सामान उपलब्ध गराउने बेलायतको एस्र्युड रिस्क्ड लिमिटेड र त्यसका नेपाली एजेन्ट शम्भु भारतीको भगवती ट्रेडस्रविरुद्ध मुद्दा दायर गर्न लागेको हो ।
२०६४ साल असार ७ गते राष्ट्रसंघको आग्रह अनुरुप सरकारले सुडानको डार्फरमा नेपाल प्रहरीको मिसन पठाउने निर्णय गरेपछि आवश्यक बन्दोबस्तीका सामान किन्ने प्रकृया अघि बढाएको थियो ।
»बाँकी समाचार रिडमोर मा छ »
0 टिप्पणियाँ:
एक टिप्पणी भेजें