|अबा हाम्रो गुल्मी डोट.कॉम को वेबसाइट बदले को छ . हजूर हरू ले पुरानो वेबसाइट खोल्नु भये को छ भने हजूर हरू संग अनुरोध गरिन्छा की हम्रोगुल्मी को नया वेबसाइट खोल्नुहोस www.hamrogulminews.com एस्मा नया न्यूज़ हरू कविता हरू सब छन .....|| साथै www.hamrogulminews.com हेर्दै गर्नुहोला ।

जनजातिहरुका लागि लोकसेवा तैयारी कक्षा शुरु

पि.एम.मगर,गुल्मी चैत्र ०८ ,
जनजाति समुदायका विद्यार्थीहरुका लागि लोकसेवा आयोगको तैयारी कक्षा आजदेखि सदरमुकाम तमघासमा शुरु भएको छ ।
जिल्ला विकास समितिको आर्थिक सहयोग तथा नेपाल आदिवासी जनजाति महासंघ, जिल्ला समन्वय परिषद, गुल्मीद्धारा आयोजना गरिएको उक्त तालिमको उद्घाटन गर्दै प्रमुख अतिथि स्थानीय विकास अधिकारी दिपेन्द्रराज पौडेलले मुलुकको वर्तमान परिवेशमा यस्तो तालिम महत्वपुर्ण हुने कुरामा जोड् दिनुभएको थियो । साथै उहाँले मुलुक सञ्चालनका लागि निजामती क्षेत्रका आदिवासी जनजातिहरुको पहुँच वढाउनका निम्ति तालिम सहयोगी हुने भन्दै तालिममा अनुशासित भई सिकाईलाई उपलव्धीमुलक वनाउनतर्फ अग्रसर भई लाग्न तालिममा सहभागीहरुलाई आग्रह गर्नुभएको थियो । त्यस्तै परिषदका अध्यक्ष वालसिँह काउछाले आदिवासी जनजातिहरुको सवालमा नीति नियम तथा कार्ययोजनामा उल्लेख भए अनुरुपका वजेटहरु नहिच्किचाई प्रदान गर्न आग्रह गर्नुभएको थियो ।
राजनीतिक दल तथा संवन्धीत निकायका प्रमुखहरुले आदिवासी जनजातिहरुका लागि विनियोजन गरिएका आर्थिक सवालहरुमा कुनै न कुनै तरिकावाट वङ्गाएर योजना कटोैती गर्ने गरेको गुनासो गर्नुभएको थियो । आदिवासी जनजातिहरु वहुसंख्यक रुपमा हुँदा हुँदै पनि निजामति सेवामा न्युन रहनु विडम्वना रहेको भन्दै तालिमको उद्घाटन समारोहमा वोल्ने अधिकाँश वक्ताहरुले वैदेशिक रोजगारी तथा सेनामा भर्ति हुने मात्रै मनिस्थिति नवनाएर निजामति सेवाको क्षेत्रमा प्रवेशका लागि अहिले देखि नै सक्रिय भएर लाग्न आग्रह गर्नुभएको थियो । कार्यक्रममा नेकपा एमालेका जिल्ला
अध्यक्ष वोमलाल खड्का, नेपाली काँग्रेसका जिल्ला सचिव विष्णु वलाल, राष्ट्रिय जनमोर्चाका केन्द्रीय सदस्य तथा जिल्ला अध्यक्ष जीवन राना, नेकपा एकीकृतका भिमप्रकाश थापा, जिल्ला मालपोत अधिकृत विजय राना मगर लगायतले मन्तव्य व्यक्त गर्नुभएको थियो । तालिममा ४० जना प्रशिक्षार्थीहरुको सहभागीता रहेको छ भने जिल्ला मालपोत अधिकृत राना मगर र मावि शिक्षक विष्णुराज गिरी लगायतले प्रशिक्षण दिने परिषद गुल्मीले जनाएको छ । कार्यक्रम परिषदका अध्यक्ष वालसिँह काउछा मगरको सभापतित्व, नेपाल आदिवासी जनजाति जिल्ला समन्वय समितिका उपाध्यक्ष वेद मगरको स्वागत मन्तव्य तथा हिरा सराङ्गकोटीको सञ्चालनमा सम्पन्न भएको थियो ।
»बाँकी समाचार रिडमोर मा छ »

0 टिप्पणियाँ:

एक टिप्पणी भेजें

यो साईट एती पटक हेरियो

Web Site Hit Tracking

  © @copyright Hamrogulmionline sewa This site has designed and developed by हाम्रोगुल्मी डट कम 2010

you can go माथि जनुहोस