|अबा हाम्रो गुल्मी डोट.कॉम को वेबसाइट बदले को छ . हजूर हरू ले पुरानो वेबसाइट खोल्नु भये को छ भने हजूर हरू संग अनुरोध गरिन्छा की हम्रोगुल्मी को नया वेबसाइट खोल्नुहोस www.hamrogulminews.com एस्मा नया न्यूज़ हरू कविता हरू सब छन .....|| साथै www.hamrogulminews.com हेर्दै गर्नुहोला ।

गुल्मी कांग्रेसले सम्झियो गिरजा प्रसाद कोइरालालाई

पि.एम.मगर,गुल्मी चैत्र ०८ ,
नेपालका पूर्व प्रधानमन्त्री एवम् नेपाली काँग्रेसका तात्कालिन सभापति गिरीजाप्रसाद कोईरालाको पहिलो वार्षिक पुण्यतिथीको अवसरमा नेपाली काँग्रेस गुल्मीले सप्ताहब्यापी कार्यक्रमको आयोजना गरेको छ ।
सोही अवसरमा स्वर्गीय गिरीजाप्रसाद कोईरालाले शुरुवात गर्नुभएको शान्ति प्रक्रिया, संविधान निर्माणको कामलाई तार्किक निष्कर्षमा पुर्याउन सके मात्र उहाँप्रति सच्चा श्रद्धाञ्जली हुने वक्ताहरुले जोड् दिएका छन् । कार्यक्रममा बोल्दै नेपाली काँग्रेस गुल्मीको वरिष्ठ नेता प्रेमनाथ अर्यालले स्वर्गीय कोईरालाको वहुआयामिक व्याक्तित्वको चर्चा गर्नुभएको थियो । उहाँले देशमा हरेक पल्ट आएका संकटहरु गिरीजाप्रसाद कोईरालाको नेतृत्वले कुशलताका साथ निष्कर्षमा पुर्याउने गरेको भन्दै अहिले देश संविधान बन्ने कि नबन्ने भन्ने अत्यन्त जटिल मोडमा भएकोले यो अवस्थामा गिरीजाप्रसाद कोईरालाको अभावका महशुस अझ बढेर गएको बताउनुभएको थियो ।
त्यस्तै नेपाली काँग्रेस गुल्मीका सचिव विष्णु वलालले सप्ताहव्यापी कार्यक्रमको घोषणा गर्नुभएको थियो । जस अन्तर्गत चैत्र ८ गते नेपाल महिला संघको आयोजनामा तमघास क्षेत्र सरसफाई, चैत्र ९ गते नेपाल विद्यार्थी संघ रेसुङ्गा वहुमुखी क्याम्पस इकाई समितिको आयोजनामा विचार गोष्ठी, चैत्र ११ र १२ गते गुल्मीका संपुर्ण गाविसमा जिल्ला प्रतिनिधीको उपस्थितिमा स्मृति सभा, चैत्र १३ गते सदरमुकाम तमघासमा केन्द्रीय नेताको उपस्थितिमा जिल्ला स्तरीय स्मृति सभा र सोही दिन साँझ ७ वजे नेपाल तरुण दलको आयोजनामा शहिदचोक तमघासमा शान्तिदीप प्रज्वलन गर्ने लगायतका कार्यक्रम रहेका छन् ।
कार्यक्रममा जिल्ला कोषाध्यक्ष हरी न्यौपाने, महासमिति सदस्य भुवनप्रसाद श्रेष्ठ, महाधिवेशन प्रतिनिधी वेद तरामु मगर लगायतको विभिन्न भातृसंगठनका प्रमुख तथा प्रतिनिधीहरुको पनि उपस्थिति रहेको थियो । कार्यक्रम नेपाली काँग्रेसका सचिव विष्णु वलालको सभापतित्व तथा खिलध्वज पन्थीको सञ्चालनमा सम्पन्न भएको थियो । त्यस्तै नेपाल विद्यार्थी संघ वाग्लुङ्गले पनि कोईरालाको पहिलो वार्षिक पुण्यतिथीमा अवसरमा रक्तदान कार्यक्रमको आयोजना गरेको थियो ।

»बाँकी समाचार रिडमोर मा छ »

0 टिप्पणियाँ:

एक टिप्पणी भेजें

यो साईट एती पटक हेरियो

Web Site Hit Tracking

  © @copyright Hamrogulmionline sewa This site has designed and developed by हाम्रोगुल्मी डट कम 2010

you can go माथि जनुहोस