छोरी ज्वाँई सहित चारको हत्या
रोल्पा, फाल्गुन १८ - रोल्पामा एक व्यक्तिले आफ्ना छोरी ज्वाँई समेत चार जनाको हत्या गरेको छ ।रोल्पा दुविडाडा ३ का नारायण घर्तीमगरले मंगलबार मध्यराति १ बजेतिर घरमा सुतिरहेका चारै जनाको हत्या गरेका हुन् । २१ वर्षीय टोपबहादुर बस्नेत, बस्नेतकी पत्नि २० वर्षीया टेकुमति बस्नेत, ६ महिनाकी छोरी कल्पना बस्नेत, सोही घरमा सुतिरहेका छिमेकी २१ वर्षीय चन्द्र बहादुर थापाको हत्या भएको घटना स्थलमा पुगेका प्रहरी निरीक्षक बाबुराज पन्तले जानकारी दिए ।
हत्याको अभियोगमा लठ्ठीसहित नारायण घर्तिलाई प्रहरीले नियन्त्रणमा लिएको छ । हत्याको अभियोगमा पक्राउ परेका घर्ति टेकुमति बस्नेतका बुवा हुन ।
घटनाको बारेमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । हत्या गरिएका सबैको टाउको फुटेको छ । घटना स्थलमा पुगेको प्रहरीले अनुसन्धान सकेपछिशवलाई पोष्टमार्टमका लागि प्राथमिक स्वास्थ्य केन्द्र होलेरी पठाएको छ ।
यसैबीच गएराति नै रोल्पा हार्जङ ८ की २१ वर्षीया गीता परियारको भरुवा बन्दुक पडि्कदा घाइते भएकी छन् । सोही स्थानका ३५ वर्षीय श्यामेबहादुर घर्तीले बोकेको भरुवा बन्दुक भुईमा बसाल्न खोज्दा एक्कासि पडि्कएर छर्राले गीताको हात र खुट्टामा चोट लागेको छ । बेलुकीतिर घाइते भएकी
गीताको अहिले नेपालगञ्ज नर्सिङ होममा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय रोल्पाले जनानएको छ ।
»बाँकी समाचार रिडमोर मा छ »

0 टिप्पणियाँ:
एक टिप्पणी भेजें