|अबा हाम्रो गुल्मी डोट.कॉम को वेबसाइट बदले को छ . हजूर हरू ले पुरानो वेबसाइट खोल्नु भये को छ भने हजूर हरू संग अनुरोध गरिन्छा की हम्रोगुल्मी को नया वेबसाइट खोल्नुहोस www.hamrogulminews.com एस्मा नया न्यूज़ हरू कविता हरू सब छन .....|| साथै www.hamrogulminews.com हेर्दै गर्नुहोला ।

देशभक्तिपूर्ण आन्दोलनलाई क्षति : काङ्ग्रेस

२१ फागुन, काठमाडौं ।
नेपाली काङ्ग्रेसका नेताहरुले संस्थापक नेता कृष्णप्रसाद भट्टराईले प्रजातान्त्रिक आन्दोलनमा पुर्‍याउनु भएको योगदानको उच्च मूल्याङ्कन गर्ने प्रतिबद्धता जनाएका छन् ।भट्टराईको शव राखिएको ललितपुरको बाँणेगाउँस्थित आश्रममा शनिबार विहान पत्रकारहरुलाई प्रतिकृया दिँदै काङ्ग्रेस सभापति सुशील कोइरालाले सच्चा लोकतन्त्रवादी र निष्ठावान नेताको रुपमा भट्टराईलाई मुलुकले सँधै स्मरण गर्ने बताउनुभयो । भट्टराईको निधनले मुलुकलाई अतुलनीय क्षति पुगेको भन्दै कोइरालाले प्रजातान्त्रिक आन्दोलनमा उहाँले पुर्‍याउनु भएको योगदानको उच्च मूल्याङ्कन गर्ने प्रतिबद्धता जनाउनुभयो ।

यस्तै महामन्त्री प्रकाशमान सिंहले भट्टराईको निधनले देशभक्तिपूर्ण आन्दोलनलाई क्षति पुगेको भन्दै उहाँले देखाएको बाटोलाई काङ्ग्रेसले मार्ग दर्शनको रुपमा अङ्गाल्ने जानकारी दिनुभयो ।

भट्टराईलाई श्रद्धान्जली दिन काङ्ग्रेसका नेता तथा कार्यकर्ताहरु, राजनीतिक दलका नेताहरु र शुभेच्छुकको वाँणेगाउँस्थित आश्रममा भिड लागेको छ ।

काङ्ग्रेस केन्द्रीय समितिको आकस्मिक बैठक बसेर पूर्वसभापति भट्टराईको पार्थिव शरिरलाई केन्द्रीय कार्यालयमा राखेर श्रद्धान्जली व्यक्त गर्ने काङ्ग्रेसले जनाएको छ ।
»बाँकी समाचार रिडमोर मा छ »

0 टिप्पणियाँ:

एक टिप्पणी भेजें

यो साईट एती पटक हेरियो

Web Site Hit Tracking

  © @copyright Hamrogulmionline sewa This site has designed and developed by हाम्रोगुल्मी डट कम 2010

you can go माथि जनुहोस