संखुवासभामा भिषण आगलागी
१२ चैत, काठमाण्डौ ।
संखुवासभाको बानेश्वर-६ खाम्लिङमा भिषण आगलागी भएको छ । आगलागीमा परि १२ घर तथा ७ वटा कटेरा जल्दा करिव १ करोड बरबरको क्षति भएको प्रहरीले जनाएको छ ।आगलागीमा परि घर तथा गोठमा रहेका सम्पूर्ण सामान जलेर नष्ट भएको छ भने ५५ बटा बाख्रा र सात वटा सुँगुर जलेर मरेका छन् ।गएराति १२ वजेतिर स्थानिय रामबहादुर तामाङको घरबाट सुरु भएको आगो सशस्त्र प्रहरी, जनपथ प्रहरी र स्थमानियवासीको सहयोगमा आज नियन्त्रणमा लिइएको छ । खाम्लिङमा २ वर्षअघि पनि आगलागी हुँदा १० घर र ३ वटा कटेर जलेर नष्ट भएका थिए । »बाँकी समाचार रिडमोर मा छ »
0 टिप्पणियाँ:
एक टिप्पणी भेजें