बाँडेगाउँमै कांग्रेस केन्द्रीय समिति बैठक बस्ने तयारी
काठमाडौ, फाल्गुन २१ - कांग्रेस संस्थापक नेता एवम् पूर्वप्रधानमन्त्री कृष्णप्रसाद भट्टराईको निधन भएपछि कांग्रेस केन्द्रीय समितिको आकस्मिक बैठक ललितपुरस्थित बाँडेगाउँमै बस्ने तयारी भइरहेको छ । अन्त्येष्टि अघि भट्टराईको शव पार्टी कार्यालय सानेपामा राख्नेलगायतका विषयमा छलफल गर्न बैठक बोलाइएको कांग्रेस महामन्त्री प्रकाशमान सिंहले जानकारी दिए । राजधानीमा उपलब्ध केन्द्रीय सदस्यहरुलाई बैठमा बोलाइएको छ ।
अहिलेसम्म भट्टराईको शव पार्टी कार्यालय सानेपामा राख्ने विषयमा निर्णय भएको छैन । तर कार्यकर्ताहरुले पार्टी कार्यालयमा श्रद्धान्जलीका लागि शव राख्न दबाब दिइरहेका छन् । 'साथीहरुले आएपछिमात्र यसबारेमा हामी आधिकारिक निर्णय गर्दैछौं,' कांग्रेस सभापति सुशील कोइरालाले बाँडेगाउँमा सञ्चारकर्मीसित शनिबार बिहान भने ।
शनिबार बिहानै ललितपुरको बाँडेगाउँस्थित निवास पुगेका सभापति कोइराला, महामन्त्री सिंहलगायतका नेताहरुले श्रद्धान्जली अर्पण गरेका छन् । सभापति कोइरालाले भट्टराईले देखाएको बाटोलाई कांग्रेसले अनुसरण गर्ने बताए । 'प्रजातन्त्रका बारेमा किशुनजीले देखाउनुभएको बाटोलाई प्रेरणा मान्दै कांग्रेसले अनुसरण गर्नेछ,' उनले भने । »बाँकी समाचार रिडमोर मा छ »
0 टिप्पणियाँ:
एक टिप्पणी भेजें