५ वर्षीय बालक ३२ दिनपछि अपहरणमुक्त
८ चैत्र, सप्तरी ।
सप्तरीको राजविराज-५ का ५ वर्षीय बालक आयुष साहलाई प्रहरीले ३२ दिनपछि सकुशल अपहरणमुक्त गराएको छ । अपहरित बालकलाई सीमावर्ती भारतीय क्षेत्रबाट सोमबार साँझ मुक्त गराएको प्रहरीले जनाएको छ । स्थानीय गौतम शिशु सदनमा नर्सरीमा अध्ययनरत साहलाई गत फागुन ९ गते विद्यालयबाट घर फर्किने क्रममा बीच बाटोबाटै मोटरसाइकल चढेर आएका दुई जना अज्ञात व्यक्तिले अपहरण गरेका थिए ।अपहरणकारीले फोन मार्फत आयुषको रिहाइका लागि बुवा रामकुमार साहसँग २५ लाख रुपैयाँ फिरौती मागेेका थिए । फिरौती दिए नदिएको भन्नेबारे केही खुलेको छैन ।
बालक अपहरणको विरोधमा शिक्षण संस्था, उद्योगी व्यवसायी र स्थानीयबासीले तीन सातादेखि चरणवद्ध आन्दोलन गर्दै आएका थिए । »बाँकी समाचार रिडमोर मा छ »
0 टिप्पणियाँ:
एक टिप्पणी भेजें