|अबा हाम्रो गुल्मी डोट.कॉम को वेबसाइट बदले को छ . हजूर हरू ले पुरानो वेबसाइट खोल्नु भये को छ भने हजूर हरू संग अनुरोध गरिन्छा की हम्रोगुल्मी को नया वेबसाइट खोल्नुहोस www.hamrogulminews.com एस्मा नया न्यूज़ हरू कविता हरू सब छन .....|| साथै www.hamrogulminews.com हेर्दै गर्नुहोला ।

गुल्मीमा होली शान्तिपुर्ण रुपमा मनाइयो

गुल्मीन्युज पि.एम.मगर गुल्मी चैत्र ०७
रंगहरुको पर्बको रुपमा लिईने फागु अर्थात होली पर्व गुल्मी लगायत राजाधानी र पहाडी जिल्लाहरुमा बडो धुमधामका साथ मनाईएको छ ।आज काठमाण्डौ उपत्यका र पहाडी जिल्लामा धुमधामसंग मनाईएता पनि भोली मात्र पर्ब परेको तराईका जिल्लाहरुमा पनि नेपालीहरुले आजैबाट जमेरै होली मनाएका छन् । यो बर्ष तराईको होली भोली मात्र परेको छ । होलीकै अबसरमा आज विभिन्न क्लव तथा संघसंस्थाहरु द्धारा शुभकामना आदान प्रदान कार्यक्रमहरु सम्पन्न भएका छन् । होली पर्वमा विभिन्न समाजसेवी,ब्यबसायी, पत्रकार, शिक्षक, विद्यार्थी, सर्वसाधारण लगायतको सहभागीता रहेको थियो । आपसी मित्रता र सदभाबका रुपमा लिईने होली पर्बलाई मैत्री पर्बका रुपमा पनि लिईने लिईने गरिन्छ ।आपसी भाईचारा बढाउने पर्बका रुपमा होली पर्व रहेको छ । एक आसपमा बिभिन्न रंगी बिरंगी रङ लगाएर शुभकामना आदान प्रदान गर्दै यो पर्व मनाउने गरिन्छ । होली पर्व मनाउने क्रममा गुल्मीमा कुनै अप्रिय घटना नघटेको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ । यस वर्षको
होली पर्व मैत्री भाव झल्काउने तथा सद्भावको विकास गर्ने खालको भएको धेरै मानिसहरुको भनाई छ । यस वर्ष जिल्लाका गाउँ गाउँमा पनि रङ्गहरु लगाएर खुशीहरु साटासाट गरी मनाईएको हाम्रा सहकर्मीहरुले वताएका छन् । त्यस्तै अर्घाखाँची, पाल्पा, वाग्लुङ्ग, प्यूठान लगायतका क्षेत्रमा पनि होली पर्व निकै रमाईलो गरी सम्पन्न भएको समाचार प्राप्त भएको छ ।
यता होली पर्वको वेला सदरमुकाम तमघासमा ट्राफिक नियम उलंघन गरि मोटरसाईकल चलाईरहेको पाईएको थियो । यस्तै तराईको क्षेत्रमा भोली मात्र होली मनाउने परम्परा रहे पनि भैरहवा लगायतका धेरै स्थानहरुमा बिभिन्न संघ सस्थाले रङ्गारङ्ग कार्यक्रमको हिजैबाट आयोजना गरेका
छन् । भैरहवामा कृयाशिल सञ्चारकर्मिहरुले पनि गत बर्ष जस्तै यस वर्ष पनि भोली शुभकामना आदान प्रदान कार्यक्रम आयोजना गर्ने वताएका छन् ।
»बाँकी समाचार रिडमोर मा छ »

0 टिप्पणियाँ:

एक टिप्पणी भेजें

यो साईट एती पटक हेरियो

Web Site Hit Tracking

  © @copyright Hamrogulmionline sewa This site has designed and developed by हाम्रोगुल्मी डट कम 2010

you can go माथि जनुहोस