|अबा हाम्रो गुल्मी डोट.कॉम को वेबसाइट बदले को छ . हजूर हरू ले पुरानो वेबसाइट खोल्नु भये को छ भने हजूर हरू संग अनुरोध गरिन्छा की हम्रोगुल्मी को नया वेबसाइट खोल्नुहोस www.hamrogulminews.com एस्मा नया न्यूज़ हरू कविता हरू सब छन .....|| साथै www.hamrogulminews.com हेर्दै गर्नुहोला ।

जापानमा फेरी अर्को शक्तिशाली भूकम्प

सोनाम शेर्पा
९ चैत्र, टोक्यो । फुकुशिमा, ईवाते र मियागी क्षेत्रमा फेरी अर्को शक्तिशाली भूकम्प गएको छ । उक्त क्षेत्रमा बुधवार बिहान ७:२१ र ७:३४ मा दुई पटक भूकम्प गएको हो । ईवातेको समुद्रमा गएको ५.२ रेक्टर स्केलको उक्त भूकम्पको गहिराई ३० किलो मिटर रहेको थियो ।
टोकियो, गुनमालगायतका प्रन्तहरुमा समेत महशुस गरिएको उक्त भूकम्पबाट कुनै धन जनको क्षति भने भएको छैन । अहिले पनि जापानको बिभिन्न भागमा ३ देखी ५ रेक्टर स्केलको उक्त भूकम्प आउनेक्रम जारी छ र जापानवासीहरु भूकम्प आएको हो कि आफु हल्लिएको हो थाहा नपाउने अवस्थामा जिविका गरिरहेका छन् ।

यता फुकुशिमा आणविक ऊर्जा केन्द्रले भने उल्लेखिनिय प्रगती गरेको छ । टोकियो इलेक्ट्रिक पावर कम्पनीका कर्मचारीहरुले १ देखी ६ नम्बर रियाक्टरमा बाहिर बाट विद्युत पुर्‍याउने कार्यमा सफलता प्राप्त गरेको छ । कम्पनीका प्रबक्ताका अनुसार सबै भन्दा खतरनाक स्थितिमा रहेका ३ र ४ नम्बर रियाक्टरको कुलिङ सिस्टमलाई आज संचालनमा ल्याउने योजना छ ।

यसै सन्दर्भमा जापानका प्रधानमन्त्री नाओटो कानले परिस्थिति क्रमशः राम्रो हुँदै गएको बताउनु भएको छ । तर अन्तर्राष्ट्रिय समाजले जापानको आणविक दुर्घटनाको पछिल्लो प्रगतिप्रति निकै विवेकपूर्ण धारणा लिएका छन् ।

अन्तर्राष्ट्रिय पारमाणविक ऊर्जा एजेन्सीका महाप्रबन्धक युकिओ अमानोले हिजो भियनामा आयोजित सो एजेन्सीको परिषद्को विशेष सम्मेलनमा बोल्दै फुकुशिमा आणविक ऊर्जा केन्द्रकोस्थिति यथावत् गम्भीर रहेको र केही सक्रिय प्रगति हासिल गर्नसक्ने आशा पनि व्यक्त गर्नुभएको थियो ।
»बाँकी समाचार रिडमोर मा छ »

0 टिप्पणियाँ:

एक टिप्पणी भेजें

यो साईट एती पटक हेरियो

Web Site Hit Tracking

  © @copyright Hamrogulmionline sewa This site has designed and developed by हाम्रोगुल्मी डट कम 2010

you can go माथि जनुहोस