यसबर्ष एसएलसीमा गुल्मीबाट ७ हजार ३ सय २५ बिद्यार्थी सहभागी हुने
शिबलाल सुबेदी÷सामुदायिक रेडियो स्काई गुल्मी ९ चैत्र,
यस बर्षको एस एल सी परीक्षामा गुल्मी जिल्लाबाट ७ हजार ३ सय २५ जना विधार्थीहरु सहभागि हुने भएका छन ।जिल्लाका २८ बटा तोकिएका परिक्षा केन्द्रमा नियमित तर्फ ४ हजार ५ सय २३ र एक्जाम्टेड तर्फ २ हजार ८ सय २२ गरी ७ हजार ३ सय २५ जना विधार्थी सहभागी हुने जिल्ला शिक्षा कार्यलय गुल्मीले जनाएको छ । सवै केन्द्रको तैयारी पुरा गर्न शिक्षा विभागवाट जिल्ला शिक्षा कार्यालयमा आएको दश वुँदे निर्देशन पत्र वमोजिम सम्पुर्ण आचार संहिता सहित तैयारी पुरा भएको जिल्ला शिक्षा कार्यालय गुल्मीले जनाएको छ । परीक्षालाई मर्यादीत, व्यवस्थीत र अनुसाशित वनाउन जिल्ला शिक्षा अधिकारी चन्द्रकान्त भुसालले सबैलाई अनुरोध गर्नुभएको छ । साथै सवै परीक्षा केन्द्रमा केन्द्राध्यक्ष, सहायक केन्द्राध्यक्ष, निरीक्षक एवं शुरक्षा निकाय तोकिएको र जिम्मेवारी अनुरुप कार्य नभए तत्काल कारवाही गरी वैकल्पिक व्यवस्था मिलाउने समेत जिल्ला शिक्षा अधिकारी भुसालले जानकारी दिनुभएको छ । यता परिक्षाको सम्पुर्ण तैयारी पुरा भैसकेको शिक्षा कार्यलय गुल्मीले जनाएको छ ।
»बाँकी समाचार रिडमोर मा छ »
0 टिप्पणियाँ:
एक टिप्पणी भेजें