|अबा हाम्रो गुल्मी डोट.कॉम को वेबसाइट बदले को छ . हजूर हरू ले पुरानो वेबसाइट खोल्नु भये को छ भने हजूर हरू संग अनुरोध गरिन्छा की हम्रोगुल्मी को नया वेबसाइट खोल्नुहोस www.hamrogulminews.com एस्मा नया न्यूज़ हरू कविता हरू सब छन .....|| साथै www.hamrogulminews.com हेर्दै गर्नुहोला ।

जेठ भित्रमा वाख्राहरु फिर्ता गरि सक्नुपर्ने

गुल्मी ९ चैत्र,पि.एम.मगर
गुल्मीको घमिर गाविसमा वाख्रा पैँचो समुहको भेला सम्पन्न भएको छ । घमिर गाविसका प्रत्येक वार्डका ५० महिला सदस्यहरुको उपस्थिति रहेको भेलाले आगामी जेष्ठ महिना भित्रै पैँचो पालनमा लगेका वाख्राहरुको सट्टा फिर्ता गरि सक्नुपर्ने निर्णय गरेको छ । साथै नयाँ समितिलाई पुरानो समितिको कार्यभार हस्तान्तरण गर्दै उक्त पैँचो वाख्रा पालन कार्यक्रमलाई सुव्यवस्थित तरिकाले लैजान आग्रह गरिएको थियो । मुल समुहकी उपाध्यक्ष सरिता घिमिरेको अध्यक्षता रहेको कार्यक्रमको सञ्चालन समितिकी सचिव तुलसा वुढाथोकीले गर्नुभएको थियो । यसै विच घमिर गाविस गुल्मीमा घमिर कृषी समुहको वैठक आज सम्पन्न भएको छ । खेती गर्ने मौसम भित्रिनै लागेको वेला मौसमी खेतीलिाई व्यवस्थित गर्नका लागि आधुनिक कृषी विउहरु प्रयोग गर्नुपर्ने साथै उक्त विउका लागि जिल्ला कृषी विकास कार्यालय तमघासमा माग गर्ने निर्णय समेत गरेको छ । वैठक प्रेमलाल पन्थीको अध्यक्षता तथा सचिव चिरञ्जिवी घिमिरेको सञ्चालनमा सम्पन्न भएको थियो । »बाँकी समाचार रिडमोर मा छ »

0 टिप्पणियाँ:

एक टिप्पणी भेजें

यो साईट एती पटक हेरियो

Web Site Hit Tracking

  © @copyright Hamrogulmionline sewa This site has designed and developed by हाम्रोगुल्मी डट कम 2010

you can go माथि जनुहोस