|अबा हाम्रो गुल्मी डोट.कॉम को वेबसाइट बदले को छ . हजूर हरू ले पुरानो वेबसाइट खोल्नु भये को छ भने हजूर हरू संग अनुरोध गरिन्छा की हम्रोगुल्मी को नया वेबसाइट खोल्नुहोस www.hamrogulminews.com एस्मा नया न्यूज़ हरू कविता हरू सब छन .....|| साथै www.hamrogulminews.com हेर्दै गर्नुहोला ।

तम्घासमा जारी प्रथम गुल्मी महोत्सवमा डेढ करोडको कारोबार

८ बैशाख, गुल्मी ।
गुल्मीको तम्घासमा जारी गुल्मी महोत्सवमा दर्शकको भिड लागेको छ । महोत्सवको पाँचौ दिनसम्म ६०हजारभन्दा बढीले अवलोकन गरेको र एक करोड ५० लाख रुपैयाँभन्दा बढीको कारोवार भएको छ । यहि बैशाख ४ गते देखि सुरु भएको महोत्सवमा एक सय १० स्टल छन् । तीमध्ये अपांग, घरेलु, कृषि, वन, पुस्तक प्रदर्शनी र चित्रकलालगायतका १५ स्टल आयोजकले निःशुल्क उपलब्ध गराएको छ । महोत्सवमा कृषि प्रदर्शनी, ढाका कपडा, कुमालेको माटोका भाँडा बनाउने चर्खा, गुल्मीकै हाडहाडेका महिलाको चिउरीको घिउ पेल्ने परम्परागत कोल, गिठीका ठेका आरी, मदानीजस्ता लोपोन्मुख परम्परागत वस्तुहरु, पिङ र सर्कस आकर्षणका केन्द्र बनेका छन् । महोत्सवमा राष्ट्रिय तथा स्थानीय कलाकारहरुले मनोराजन दिएका छन् । महोत्सव सुरु भएकै दिनदेखि सदरमुकाम तम्घासमा सुरु भएको बृहत स्वास्थ्य सिविरमा दुई हजारभन्दा बढी विरामीले उपचार गराएका छन् । »

0 टिप्पणियाँ:

एक टिप्पणी भेजें

यो साईट एती पटक हेरियो

Web Site Hit Tracking

  © @copyright Hamrogulmionline sewa This site has designed and developed by हाम्रोगुल्मी डट कम 2010

you can go माथि जनुहोस