तमु खेमा लिपि सम्बन्धि अन्तराष्ट्रिय सम्मेलन भैरहवामा हुने
कपिल ज्ञवाली,बुटवल बैशाख ८
नेपालमै पहिलोपटक तमु खेमा लिपि सम्बन्धि अन्तराष्ट्रिय सम्मेलन आगामि जेष्ठ ७ देखि ९ गतेसम्म भैरहवामा हुने भएको छ । नेपाल सहित विश्वभर छरिएर रहेका तमुहरुको लिपिको संरक्षण तथा विकास गर्ने उद्देश्यले प्रथम अन्तराष्ट्रिय सम्मेलनको आयोजना गरिएको हो ।तमु गुरुङ्ग खेमा लिपि तथा विकास केन्द्रिय समतिको आयोजनामा हुने सम्मेलनमा सिक्कम,भुटान,दार्जलिङ, देहरादुन, सहित नेपालका विभिन्न जिल्लाबाट भाषा लिपि विज्ञहरुको सहभागिता रहने छ । तमु गुरुङ्ग खेमा लिपि तथा विकास समितिको बुटवलमा बसेको बैठकले सम्मेलन सम्पन्न गर्नको मुल आयोजक तथा विभिन्न ११ वटा उपसमितिहरु गठन गरिएको छ । केवि गुरुङको संयोजकत्वमा गठन मुल आयोजक समति गठन गरिएको हो । त्यस्तै प्रचार प्रसार समितिको संयोजकमा भिम गुरुङ,आर्थिक संकलमा प्रेम घले गुरुङ,स्वयस्वेक परिचालनमा कृष्ण बहादुर गुरुङ, हल ब्यवस्थापनमा गुम बहादुर गुरुङ, स्वागत सत्कारमा ऐन्जस गुरुङ रहनुभएको छ । साथै जलपान तथा खाना ब्यवस्थापनमा मोहोनलाल गुरुङ,यातायात तथा आवासमा गुम बहादुर गुरुङ, सास्कृतिकमा धनु गुरुङ अन्तराष्ट्रिय समन्वयमा मोहनलाल गुरुङ , कार्यपत्र तयारीमा बालनरसिंह गुरुङलाई संयोजक तोकिएको छ । भैरहवाको अञ्चलपुरमा आयोजना गरिने सम्मेलनमा देश र विदेशका गरि करिव पाच सयको सहभागिता हुने समितिका केन्द्रिय सदस्य सपना तमुले जानकारी दिनुभयो । साथै आजै बसेको समतिको बैठकले लोक गुरुङलाई पनि केन्द्रि सदस्यमा मनोनयन गरेको छ । »
0 टिप्पणियाँ:
एक टिप्पणी भेजें