लोकतन्त्र दिवसमा याली अन्तरक्रिया
कपिल ज्ञवाली.बुटवल, ११ बैशाख
आज पांचौ लोकतन्त्र दिवस देशभर बिभिन्न कार्यक्रम गरी मनाईएको छ । दिवसको अबसर पारेर जिल्ला बिकास समिती रुपन्देहीले आज भैरहवामा प्रभातफेरी ¥याली निकालेको छ । भैरहवाको बुद्धचोकबाट निस्कीएको प्रभातफेरी नगरका बिभिन्न काग परिक्रमा गरी जिल्ला बिकास समितीको प्रङगढमा गएर सभामा परिणत भएको थियो ।
लोकतन्त्र दिवसको अबसर पारेर गरिएको लोकतन्त्र र भावि संबिधान बिषयक कार्यक्रममा रुपन्देहीमा क्रियाशित राजनैतिक दलका प्रमुख तथा प्रतिनीधिले तोकिएको समय भित्र संबिधान निमार्ण गर्नु पर्नेमा जोड दिएका छन् । प्रमुुख जिल्ला अधिकारी तारानाथ गौतमको प्रमुख आथित्यता र स्थानिय बिकास अधिकारी तारा बहादुर कार्कीको अध्यक्षतामा भएको कार्यक्रममा बोल्दै लोकतन्त्र सस्थागतका लागि दलहरु जिम्मेवार भएर लाग्नु पर्ने बताउनुभयो । कार्यक्रममा राजनीतिक दलका नेता, केही सरकारी कर्मचारी र गैरसरकारी सस्थाका केही प्रतिनीधि मात्रै कार्यक्रममा सहभागि भएका थिए ।
लोकतन्त्र दिवसको अवसरमा बुटवलमा नागरिक समाज तथा विभिन्न अधिकारबादी संघ संस्थाहरुले खबरदारी ¥याली तथा सभाको आयोजना गरेका छन् । ६२÷६३ को जनआन्दोलनले दिएका म्याडेट दलहरुले भुल्दै गएको भन्दै लोकतन्त्रको रक्षाका लागि खबरदारी ¥याली तथा सभाको् आयोजना गरिएको हो । बुटवलको पुष्पलाल पार्कबाट शुरु भएको ¥यालीले बुटवल बजार परिक्रमा गरि मिडियाचोकमा पुगेर सभामा परिणत भएको थियो ।शान्ति र संविधानको पक्षमा नाराबाजी गर्दै ¥यालीमा सहभागिहरुले लोकतन्त्रलाई बचाउन प्राप्त उपलब्धिलाई संस्थागत गर्न माग गरेका थिए । »
0 टिप्पणियाँ:
एक टिप्पणी भेजें