|अबा हाम्रो गुल्मी डोट.कॉम को वेबसाइट बदले को छ . हजूर हरू ले पुरानो वेबसाइट खोल्नु भये को छ भने हजूर हरू संग अनुरोध गरिन्छा की हम्रोगुल्मी को नया वेबसाइट खोल्नुहोस www.hamrogulminews.com एस्मा नया न्यूज़ हरू कविता हरू सब छन .....|| साथै www.hamrogulminews.com हेर्दै गर्नुहोला ।

चार करोड भन्दा बढीको कारोबार गर्दै आज सम्पन्न हु“दै गुल्मी महोत्सव

गगनशिला खड्का
प्रथम गुल्मी महोत्सव, सूचना केन्द्र प्रमुख

गुल्मी, ११ बैशाख–पर्यटकीय स्थलहरुको प्रवर्धन, कला संस्कृतिको संरक्षणको उद्देश्यले गुल्मी उद्योग वाणिज्य संघको आयोजनामा तम्घासमा संचालन भैरहेको प्रथम गुल्मी महोत्सव आज समापन हु“दैछ । महोत्सवका पुर्व उपप्रधानमन्त्री एवं नेपाली कांग्रेस केन्द्रिय सदस्य सुजाता कोइरालाले केहीबेरपछि समापन गर्दै हुनुहुन्छ । गुल्मी उद्योग वाणिज्य संघको आयोजना तथा जिविस र रुरु रेसुङ्गा क्षेत्र संरक्षण तथा पर्यटन विकास समितिको सहआयोजनामा बैशाख ४ देखि शुरु भएको महोत्सवमा ४ करोड भन्दा बढीको कारोबार भएको महोत्सव सचिवालय संयोजक कृष्णप्रसाद पोखरेलले जानकारी दिनु भएको छ ।
तम्घासको चिदिचौरमा संचालन भैरहेको महोत्सवमा घरेलु एवं स्थानीय सामाग्रीहरुको प्रदर्शनी, प्रविधि, लोपोन्मुख सामाग्रीहरु, कला, संस्कृति लगायतका स्टल एवं बस्तुहरुको विक्रि, कृषिजन्य उत्पादनको प्रचारप्रसार, सहित महोत्सव सम्पन्न ुहन लागेको हो । पहिलो पटक आयोजना गरिएको भएपनि महोत्सव अनुमान गरेभन्दा बढी कारोबार गर्दै सम्पन्न भएको उद्योग वाणिज्य संघका अध्यक्ष एवं महोत्सव मुल समितिका संयोजक कृष्णप्रसाद भण्डारीले बताउनु भयो । ‘गुल्मी जिल्लाको समग्र विकासको आधार, धार्मिक स्थलको प्रवद्र्धन, पर्यटन, कृषी, उद्योग र व्यापार’ नाराका साथ आयोजना गरिएको महोत्सवमा कृषि, बन तथा जडीबुटीका स्टलहरु, बहुमुल्य काठ अगरउड, अटोमोवाइल्स, काठमाण्डौका कलाकारले तैयार गरेका चित्रकला प्रर्दशनी, ब्यापारिक सहित १ सय १० स्टल रहेका थिए । महोत्सवमा जिल्लाकै लोपोन्मुख सामाग्रीहरु काठको तोरी पेल्ने कोल, माटाका भा“डा तयार गर्ने कुमालेको चक्र, छालाको खलाती सहितको आरन, लगायतले पनि महोत्सव अवलोकनका लागि आउने दर्शकहरुको मन जितेको थियो । आठ दिनसम्म चलेको महोत्सवमा आङ्ग खसेका महिलाहरुको स्वास्थ्य परिक्षण एवं अप्रेसन, मुटु रोगीहरुको परिक्षण तथा उपचार, बृहत स्वास्थ्य शिविर, आ“खा शिविर लगायतका शिविरहरु निःशुल्क संचालन भएका थिए । त्यसमा पनि १ हजार ५ सय भन्दा बढीले स्वास्थ्य परिक्षण एवं निःशुल्क सेवा लिएको स्वास्थ्य शिविर संयोजक शेरबहादृर थापाले जानकारी दिनु भएको छ ।

यस्तै महोत्सवको आर्कषणको रुपमा रहेको प्रथम रम्वा गुल्मी तारा तम्घास गाविसका विशाल श्रेष्ठ ४७ सय ३६ मत लिएर र तम्घास गाविसकै सागर सारु ४५ सय ४३ मत लिएर द्धितिय घोषित भएका छन । प्रथम र द्धितियलाई पुर्ब उपप्रधानमन्त्री तथा नेपाली काँग्रेसका केन्द्रीय सदस्य सुजता कोईरालाले प्रथम रम्वा गुल्मी ताराको उपाधि पहिराइदिनुभएको थियो । महोत्सव अवधिभर राष्ट्रीय स्तरमा चर्चित नायक,नायिका,आधुनिक लोक दोहरी गायक गायिका हास्य कलाकार लगाएतको उपस्थीती रहेको थियो ।
प्रथम गुल्मी महोत्सव २०६८ को अवसरमा सञ्चालित एक हप्ते बृहत स्वास्थ्य शिविरमा ६ सय २१ जना विरामीको निःशुल्क उपचार भएको छ । शिक्षण अस्पत्ताल महाराजगञ्ज र भरोसा अस्पत्तालको सहयोगमा भएको आङ्ग खसेका महिलाको लागी सञ्चालन भएको शिवीरमा १५७ जनाले सेवा लिएका थिए भने २ जना महिलाहरुको शल्यक्रिया भएको थियो । २१ जनाको जनरल सर्जरी भएको छ भने ६५ जनाले यूएसजी, ५१ जनाले ईण्डोस्कोपी र ७० जनाले ईसिजी सेवा लिएका छन् । शिवीरमा ७० जना नसा सम्बन्धि, ६६ जना मानसिक रोगी, ८१ ज्ना छाला र ६० जनाले जनरल फिजीसियन सर्जरी सेवा लिएका थिए । मोडेल अस्पत्तालको सहयोगमा सञ्चालित प्लाष्टिक सजरी सेवामा १२ जनाको निःशुल्क प्लास्टीक सर्जरी गरीएको थियो । यस्तै लायन्स क्लव अफ गुल्मी र नेत्रज्योती संघको सहयोगमा आयोजीत निःशुल्क आँखा उपचार शिवीरमा तीन सय ८६ जनाले सेवा लिएका छन् । जसमध्ये ७८ जनाको मेजर अप्रेसन, ७ जनाको माईनर अप्रेशन भएको स्वास्थ्य उपसमिती संयोजक शेर बहादुर थापाले बताए ।
रोटरी क्लव र हृदयरोग निवारण संस्थाको सहयोगमा सञ्चालित मेगा क्याम्पमा ६३१ जनाले उपचार सेवा लिएका थिए । जसमध्ये एकसय ५५ जनाको मुटससम्बन्धि रोगको उपचार, ८० जनाको ईसिजी, ५० जनाले ईको गरेका थिए । त्यसैगरी एक सय ५० जनाले दाँतको उपचार गराएका थिए ।
महोत्सवमा आयोजीत कृषि प्रदर्शनीमा कफिमा अर्खलेका डिलाराम मरासिनी प्रथम, सुन्तला हर्दिनेटाका आशा पन्त, च्याउमा अखलेका राधा खत्री, लसुनमा सिमीचौरका गुणखर कुँवर, काउली बन्दामा सिमीचौरका रेणुलाल पाण्डे, गोलभेडामा ठूलोलुम्पेकका यम बहादुर तरामु, पिँडालु÷तरुलमा अर्जेका गोपाल प्रसाद गौतम, धनियामा ठूलोलुम्पेकका अमृत श्रीस, अरायोमा अर्खलेका प्रेम पन्थी, उत्कृष्ट हुनुभएको थियो । उहाँहरुलाई जिल्ला कृषि विकाश कायालयले पुरस्कृत गरेको थियो ।
महोत्सवको अवसरमा गुल्मीका विभीन्न पयटकिय स्थलमा पुग्ने पर्यटकहरुको सँख्यामा पनि उल्लेख्य बृद्धि भएको छ । गुल्मीको प्रशिद्ध तपोभूमि रेसुङ्गा, रुरु, धुर्कोटको विचीत्र गुफा, मालिका लगायतका ठाउँहरुमा गरी १० हजार भन्दा बढी पर्यटक पुगेको आयोजकले बताएका छन् ।
»

0 टिप्पणियाँ:

एक टिप्पणी भेजें

यो साईट एती पटक हेरियो

Web Site Hit Tracking

  © @copyright Hamrogulmionline sewa This site has designed and developed by हाम्रोगुल्मी डट कम 2010

you can go माथि जनुहोस