नेपाल बिद्यार्थी संघ सिद्धार्थ गौतमबुद्ध क्याम्पसले बिद्यार्थीलाई प्रशिक्षण गराएको छ
कपिल ज्ञवाली,बुटवल ,बैशाख ६
नेपाल बिद्यार्थी संघ सिद्धार्थ गौतमबुद्ध क्याम्पसले बिद्यार्थीलाई प्रशिक्षण गराएको छ । नेपाल बिद्यार्थी संघ स्थापना दिवसको अवसर पारेर मंगलबार क्याम्पसमा एक कार्यक्रमका बिच प्रशिक्षण गराएको हो ।शान्ति स्थापना र लोकतान्त्रि संबिधान निर्माणमा युवा तथा बिद्यार्थीको भूमिका बिषयमा प्रशिक्षण दिईएको हो । सोही क्याम्पसमा अध्ययनरत करिव सय जना बिद्यार्थी सहभागि भएको प्रशिक्षणमा प्राध्यापक मदनप्रसाद कट्टेलले प्रशिक्षण गर्नुभएको थियो ।इकाई सभापति बिनोद घिमिरेको सभापतित्वमा भएको प्रशिक्षण उद्घाटन कार्यक्रममा नेपाल बिद्यार्थी संघ रुपन्देहीका सचिव विष्णु पोख्रेल, पव्लिक क्याम्पस प्राध्यापक संघका इकाई अध्यक्ष कृष्ण शर्मा, प्रजातान्त्रिक प्राध्यापक संघका इकाई अध्यक्ष डुकुलराज घिमिरे, कर्मचारी संघका इकाई अध्यक्ष ओमभद्र
गौतम, सहायक क्याम्पस प्रमुख ताराप्रसाद ज्ञवाली बिद्यार्थी जमुना पन्थी लगायतले आआफ्नो भनाई राखेका थिए । कार्यक्रमको सञ्चालन सशिराज वेलवासे र स्वागत लिलाधर पाण्डेले गर्नुभएको थियो । »
0 टिप्पणियाँ:
एक टिप्पणी भेजें