सरकारको विकल्पको खोजी गरिनेः रायमाझी
कपिल ज्ञवाली,बुटवल, बैशाख, ६
भौतिक योजना मन्त्री टोपबहादुर रायमाझीले बर्तमान सरकारलाई सहमतिका साथ अगाडी बढाउन नसक्ने अवस्था आएमा विकल्पको खोजी गरिने पर्ने बताउनु भएको छ । गृह जिल्ला अर्घाखाचीको बसाई पछि आज राजधानी फर्कने क्रममा बुटवलमा आज पत्रकारहरुसंगको भेटमा मन्त्री रायमाझिले सो धारणा व्यक्त गर्नु भएको हो । मन्त्री रायमाझीले बर्तमान सरकारलाई नै पूर्णता दिनेबारेमा पहल गरिने बताउदै त्यसमा सफलता हात नलागे नया नेतृत्वको खोजी गरिने स्पष्ट पार्नु भयो । उहाले बर्तमान राजनीतिक अवस्था जटिलतातर्फ अगाडी बढेको जिकिर गर्दै यस अवस्थामा दलहरु जिम्मेवार हुन नसके नागरिक अधिकार खोसिन सक्ने चेतावनी दिनु भयो । मन्त्री रायमाझिले अहिलेको पहिलो प्राथमिकता शान्ति र संविधान रहेको हुदा त्यसमा सबैको ध्यान दिनु पर्ने बताउदै पछिल्लो समय सो कुरा ओझेलमा परेको धारणा राख्नु भयो । उहाले बर्तमान अवस्थामा कुनै दल विशेषले मात्र समस्याको समाधान निकाल्न नसक्ने बताउदै सबै दलको सहमति र सहकार्यमा मात्रै देशलाई अगाडी बढाउन सकिने दावी गर्नु भयो । भेटका क्रममा मन्त्रीले रायमाझिले बर्तमान नेतृत्वबाट सहि बाटो र निकास आउन नसकेमा दोस्रो पुस्ता अगाडी आउनु पर्ने कुरामा जोड दिनु भयो ।
एक प्रसंगमा माओवादी पार्टीमा सबैलाई मिलाएर लैजाने नेताको खोजी भएको र त्यसको स्पष्ट स्वरुप एक हप्ता भित्र बाहिर आउने जिकिर गर्नु भयो । मन्त्री मन्त्रीमण्डल विस्तारमा भएको ढिलाईले जनतामा राम्रो सन्देश दिन नसकेको स्वीकार गर्दै त्यसलाई तत्काल निकास दिनु पर्नेमा जोड दिनु भयो ।
»
0 टिप्पणियाँ:
एक टिप्पणी भेजें