महोत्सवमा ५ सय भन्दा बढीको निःशुल्क उपचार
शिबलाल सुबेदी ,गुल्मी बैशाख ७,
महोत्सवको अवसर पारेर आयोजना गरिएको बृहत स्वास्थ्य शिविरमा ५ सय ४० बिरामीले रोगको परिक्षण, उपचार एवं अप्रेसन सेवा लिएका छन् ।उद्योग वाणिज्य संघको आयोजना, जिविस र रुरु रेसुङ्गा क्षेत्र संरक्षण तथा पर्यटन विकास समितिको सह आयोजनामा तम्घासमा संचालन भैरहेको गुल्मी महोत्सवको चौथो बुधवार सम्ममा ५१ जनाको इन्डोसकपी, ७० जनाको इसीजी, ६५ जनाको युएसजीको उपचार सेवा पाएका छन् । त्यस्तै २ जना आङ खसेका महिलाको अप्रेसन र जनरल सर्जरी अप्रेशन २१ को गरिएको महोत्सव बहत स्वास्थ्य शिविर उप समितिका संयोजक शेरबहादुर थापाले बताए । आयोजक संस्थाले महोत्सवमा आउने दर्शकहरुको सुविधा र ग्रामिण क्षेत्रबाट पटक पटक आउन नसक्नेहरुका लागि लक्षित गरेर शिविर संचालन गरेको थियो । शिविरमा लुम्विनी मेडिकल कलेज पाल्पाका डा.बुद्धिकुमार श्रेष्ठ, शिक्षण अस्पताल काठमाडौका डा.प्रेमराज ज्ञवाली, र भरोषा अस्पत्ताल काठमान्डौका डा.दिनेशचन्द्र पोख्रेल सहितको टोलीले परिक्षण, उपचार एवं अप्रेसन सेवा उपलब्ध गराएको थियो । महोत्सवमा तिन दिनसम्म चलेको स्वास्थ्य शिविरमा गुल्मी, अर्घाखा“ची, प्यूठान, बाग्लुङ्ग लगायतका जिल्लाका विरामीहरुले सेवा लिएको जिल्ला अस्पताल तम्घासले जनाएको छ । त्यस्तै शिविरकै अवसर पारेर बुधवार देखि बृहत आ“खा परिक्षण शिविर शुरु गरिएको छ । आ“खा शिविरको पहिलो दिन झण्डै १ सय १० परिक्षण गराएका छन् भने २० जनाको मोतिया बिन्दु र १ जनाको माइनर अप्रेसन गरी २१ जनाको अप्रेसन गरिएको आ“खा उपचार केन्द्रका प्रमुख सुर्य बस्नेतले बताए । शिविरमा सर्जन अर्जुनमल्ल भारीले बिरामीको परिक्षण र अप्रेसन गरेका थिए । आ“खा शिविर शुक्रवारसम्म चल्ने आयोजकले जनाएको छ । स्वास्थ्य एवं आ“खा शिविरमा सेवा लिएका बिरामीहरुलाई आवश्यक पर्ने औषधी निःशुल्क उपलब्ध गराईएको शिविर संयोजक थापाले बताए । बैशाख ११ गतेसम्म संचालन हुने महोत्सवमा बुधवारसम्ममा १ करोड ७० लाखको कारोबार भएको स्टल व्यवस्थापन समिति संयोजक ताराप्रसाद भुसालले बताए । महोत्सवलाई स्वास्थ्य शिविरसंगै स्थानीय लोपोन्मुख सामाग्री तेल पेल्ने काठको कोल, कुमालेको चक्र, स्थानीय उत्पादन, हस्तकलाका सामाग्री, खशीको छालाको खला“तीबाट चल्ने आरन, कलाकर्मीहरुको संस्था स्पेक्ट्रम काठमाण्डौ स्थानीय स्तरमै आएर तयार पारेका चित्र, राष्ट्रिय स्तरका कलाकारहरुको प्रस्तुती लगायतले निकै आर्कषक बनाएको छ । »

0 टिप्पणियाँ:
एक टिप्पणी भेजें