|अबा हाम्रो गुल्मी डोट.कॉम को वेबसाइट बदले को छ . हजूर हरू ले पुरानो वेबसाइट खोल्नु भये को छ भने हजूर हरू संग अनुरोध गरिन्छा की हम्रोगुल्मी को नया वेबसाइट खोल्नुहोस www.hamrogulminews.com एस्मा नया न्यूज़ हरू कविता हरू सब छन .....|| साथै www.hamrogulminews.com हेर्दै गर्नुहोला ।

६ सय विरामीले लिए निःशुल्क उपचार सेवा,

अप्रेशन कक्ष निर्माणका लागी करीब १० लाख रुपैया सहयोग
गगनशिला खड्का/महोत्सव सुचना केन्द्र । गुल्मी बैसाख ७
प्रथम गुल्मी महोत्सव २०६८ को अवसरमा सञ्चालन भएको बृहत स्वास्थ्य शिविरमा तीनदिनमा ५ सय ४० जनाले उपचार सेवा लिएका छन । लुम्विनी मेडिकल कलेज पाल्पा, शिक्षण अस्पताल महाराजगञ्ज र भरोषा अस्पताल काठमाण्डौँको सहयोगमा बैशाख ४ गतेदेखी ६ गतेसम्म सञ्चालित स्वास्थ्य शिविरमा गुल्मी, अर्घाखाँची, पाल्पा, बाग्लुङ्ग, रुपन्देहि, प्यूठान लगाएतका जिल्लाका विरामीहरुको सहभागीता रहेको थियो । तीन दिनसम्म चलेको शिविरमा ५१ जनाको ईण्डोस्कोपी, ७० जनाको इ.सी.जी., ६५जनाको यु.एस.जी , आङ खसेका २ जनाको अप्रेसन तथा , २१ जनाको जनरल सर्जरी अप्रेशन गरिएको स्वास्थ समितिका संयोजक शेरबहादुर थापाले जानकारी दिनुभयो । लुम्विनी मेडिकल कलेजका डा.बुद्धि कुमार श्रेष्ठ, शिक्षण अस्पतालका डा.प्रेमराज ज्ञवाली र भरोसा अस्पताल प्रालिका डा.दिनेशचन्द्र पोख्रेलले उपचार सेवा प्रदान गरका थिए ।
यसैविच महोत्सवको चौथो दिन बुधबारदेखि ९ गतेसम्म सञ्चालन हुने निशुल्क आँखा अप्रेशन शिविर शुरु भएको छ । प्रमुख जिल्ला अधिकारी परशुराम अर्यालको प्रमुख आतिथ्यता रहेको कार्यक्रममा डा.टेकराज ज्ञवालीले नेपालमा राजनितिक दलको लडाइले सामाजिक विकास निर्माणका काम ओझेलमा परेको बताउँदै अव यो देशको साँचो उधोगी र समाजसेवीहरुले हातमा लिनुपर्ने बताए। उनले राजनीतिक दलहरुलाई कुर्चीको मात्रै चिन्ता भएकोले देशको विकास निर्माण ठप्प भएको बताए । साथै आजको उद्घाटन कार्यक्रममा लायन्स क्लव अफ गुल्मीका अध्यक्ष भिम पौडेलले आँखा उपचार केन्द्रको प्रस्तावित अप्रशेन कक्ष र वार्ड निर्माणका लागी आफुले १ लाख १ हजार रुपैया नगद दिने घोषणा गर्दे १० लाख भन्दा बढी क्लवको तर्फबाट सहयोग जुटाउने प्रतिवद्धता व्यतm गरेका थिए।
कार्यक्रममा जिल्ला स्वास्थ्य कार्यलय गुल्मीका प्रमुख भेषराज पोख्रेल,गुल्मी उद्योग वाणिज्य संघका अध्यक्ष तथा प्रथम गुल्मी महोत्सव २०६८ मुल आयोजक समितिका संयोजक कृष्ण प्रसाद भण्डारी, नेपाल नेत्र ज्योति संघ गुल्मीका अध्यक्ष भरत बहादुर चन्द लगायतले गल्मी जिल्लामा विरामीहरुको संख्या एकदमै रहेको बताउदै यस्ता खाले निःशुल्क शिविरको अझै पनि आवश्यक्ता पर्ने बताए । कार्यक्रमा एकिकृत नेकपा माओबादीका राज्य समिति सदस्य युवराज केसी,नेपाली काँग्रेशका महासमिति सदस्य भुवन प्रसाद श्रेष्ठ,स्थानीय विकास अधिकारी दिपेन्द्रराज पौडेल,गुल्मी उधोग वाणिज्य संघका पुर्व अध्यक्ष डिल्लीराज भुषाल,नेपाल प्रेश युनियनका केन्द्रीय सदस्य जनार्दन घिमिरे, नेपाल पत्रकार महासंघका अध्यक्ष घनश्याम गौतम, गुल्मी उद्योग वाणिज्य संघका उपाध्यक्ष दुर्गा प्रसाद पाण्डेय,महासचिब कृष्ण प्रसाद पोख्रेल,सचिब तारा प्रसाद भुषाल,नेपाल पत्रकार महासंघ गुल्मी शाखाका सचिब भरत पाण्डेय लगाएतको उपस्थीती रहेको थियो । कार्यक्रम लायन्स क्लब अफ गुल्मीका अध्यक्ष भिमलाल पोडेलको सभापतीत्व स्वास्थ्य समितिका संयोजक शेर बहादुर थापाको स्वागत मन्तव्य नेत्र ज्योती संघ गुल्मीका सचिब तथा प्रथम गुल्मी महोत्सव २०६८ मेला व्यवस्थापन समितिका संयोजक अखिलेश्वर प्रसाद पाण्डेय र लायन्स क्लब गुल्मीका प्रथम उपाध्यक्ष राम प्रसाद खनालको सञ्चालनमा सम्पन्न भएको कार्यक्रमा लायन्स क्लब गुल्मीका पुर्ब अध्यक्ष नन्दराम भुषालले धन्याबाद मन्तव्य ज्ञापन गरेका थिए।
»

0 टिप्पणियाँ:

एक टिप्पणी भेजें

यो साईट एती पटक हेरियो

Web Site Hit Tracking

  © @copyright Hamrogulmionline sewa This site has designed and developed by हाम्रोगुल्मी डट कम 2010

you can go माथि जनुहोस