तीन दलबीच आज पनि कुरा मिलेन
२० असोज, काठमाण्डौ ।
प्रधानमन्त्री निर्वाचन प्रक्रिया लगायत वर्तमान राजनीति गतिरोध अन्त्यका लागि सहमति जुटाउन बसेको मुख्य तीन दलको बुधबारको बैठक पनि विना निष्कर्ष टुंगिएको छ । सिंहदरवारस्थित एमाले संसदीय दलको कार्यालयमा बुधबार बसेको माओवादी, कांग्रेस र एमालेको बैठकमा जारी प्रधानमन्त्रीको निर्वाचन प्रक्रियाबाट नेपाली कांग्रेसले उम्मेदवारी फिर्ता लिने विषयमा सहमति जुट्न नसकेको हो ।बैठकमा माओवादीले सहमतिको सरकार गठनका लागि पहिला कांग्रेसले उम्मेदवारी फिर्ता लिनुपर्ने पुरानै अडान राखेका थिए ।कांग्रेसले भने शान्ति र संविधान लगायतका विषयमा पहिला प्याकेजमै सहमति कायम भएपछि मात्र उम्मेदवारी फिर्ता लिने अडान राखेको थियो ।बैठकपछि पत्रकारहरुसँग कुरा गर्दै एमाले अध्यक्ष झलनाथ खनालले अहिले पनि माओवादी र कांग्रेसले आ-आफ्नो अडान यथावत नै राखेकाले सहमति कायम हुन नसकेको बताउनुभयो ।बैठकमा माओवादी र कांग्रेसले आ-आफ्नो अडान यथावतै राखेपनि सहमतिको प्रयास स्वरुप द्धिपक्षिय तथा त्रिपक्षीय छलफललाई निरन्तरता दिने सहमति भएको खनालले जानकारी दिनुभयो ।प्रधानमन्त्रीका एकमात्र प्रत्यासी एवं कांग्रेस संसदीय दलका नेता रामचन्द्र पौडेलले शान्ति र संविधान निर्माण लगायतका विषयमा प्याकेजमै सहमति भए आफूले उम्मेदवारी फिर्ता लिने बताउनुभयो ।उहाँले भन्नुभयो, शान्तिप्रक्रियासँग जोडिएका यस अघिका प्रतिवद्धताहरु माओवादीले पूरा गरे उम्मेदवारी फिर्ता हुन्छ । तर, प्याकेजमै सहमति नभएसम्म उम्मेदवारी फिर्ता लिने कुरै आउँदैन ।’
यसअघि मंगलबार बसेको बैठकमा पनि तीन दलले आ-आफ्नो अडान नत्यागेपछि छलफल विना निष्कर्ष टुंगिएको थियो
»बाँकी समाचार रिडमोर मा छ »
0 टिप्पणियाँ:
एक टिप्पणी भेजें