उपचारको क्रममा एक जनाको मृत्यु
गुल्मी २६ असोज । सोमवार गुल्मी जिल्लाको गौंडाकोट गाविसवाट विरवास तर्फ दुलही वोकेर जाँदै गरेको लु १ ज १५२१ नम्वरको जीप दूर्घटनामा परि घाईते भएका एक जनाको उपचारको क्रममा मृत्यु भएको छ ।
मृत्यु हुनेमा गुल्मी हर्दिनेटा गाविस चार निवासी स्थानीय मैनडाँडा माध्यमिक विद्यालय कक्षा नौं मा अध्यनरत १६ वर्षीय शंकर क्षेत्री रहेका छन् । उनको उपचारको क्रममा पाल्पाको मिशन अस्पतालमा गएराती मृत्यु भएको हो । नवदम्पति सहित आठ जनाको सोही अस्पतालमा उपचार भईरहेको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ । घाइतेहरु मध्य चालक मानवहादुर ढेंगामगरको अवस्था भने गंभिर रहेको वताईएको छ । सोमवार दिउसो गौंडाकोटवाट जन्तीहरु दुलही वोकेर विरवास तर्फ फर्कने क्रममा उक्त जीप गौंडाकोट गाविसको पुर्खे डाँडामा दूर्घटना भएको थियो ।
0 टिप्पणियाँ:
एक टिप्पणी भेजें