|अबा हाम्रो गुल्मी डोट.कॉम को वेबसाइट बदले को छ . हजूर हरू ले पुरानो वेबसाइट खोल्नु भये को छ भने हजूर हरू संग अनुरोध गरिन्छा की हम्रोगुल्मी को नया वेबसाइट खोल्नुहोस www.hamrogulminews.com एस्मा नया न्यूज़ हरू कविता हरू सब छन .....|| साथै www.hamrogulminews.com हेर्दै गर्नुहोला ।

जन्ती बोकेको जीप दुर्घटना हुँदा ८ घाईते

गुल्मी २५ असोज । गुल्मीको विरबास गाविसमा आज जन्ती बोकेको जीप दुर्घटना हुँदा ८ जना घाईते भएका छन् । गैडाकोट गाविसको पुर्खेबाट विरबास  गाविसको बाख्रेतर्फ जाँदै गरेको लु १ ज १५२१ नम्बरको जीप गैडाकोट गाविसको उरीमडाँडामा दुर्घटना हुँदा बेहुला बेहुली सहित ८ जना घाईते भएका हुन् । 
गौडाकोट स्थित बेहुलीको माइतबाट बेहुलाको घर विरवास तर्फ फर्कदै गरेको जिप दुर्घटना हुँदा विरवास १ निवासी बेहुला जिवन क्षेत्री र बेहुली गैाडाकोट १ बस्ने विमला सुवेदी विरवास १ निवासी दुदिप थापा थापा संगीता क्षेात्री पार्वती चन्द  सागर क्षेत्री र गुल्मीको हर्दिनेटाका चालक मान बहादुर ढेँगा रहेको प्रहरीले जनाएको छ । जीपका सह चालकको भने नाम ठेगाना खुल्न सकेको छैन । घाइतेहरु सबैलाई उपचारका लागी पाल्पातर्फ पठाईएको  श्रृङ्गा प्रहरी चौकीका प्र।स।नी। सुशिल बाबु पोख्रेलले जानकारी दिनुभयो । कच्ची मोटरबाटो भएको कारण कारण दुर्घटना भएको हुनसक्ने पोख्रेलले बताउनुभयो । उहाँका अनुसार जिप करिब ५० मिटर तल खसेको छ ।

0 टिप्पणियाँ:

एक टिप्पणी भेजें

यो साईट एती पटक हेरियो

Web Site Hit Tracking

  © @copyright Hamrogulmionline sewa This site has designed and developed by हाम्रोगुल्मी डट कम 2010

you can go माथि जनुहोस