महान पर्व वडादशैँ भित्रिए पनि सुर्खेतका वादी समुदायमा भित्रिएन खुशी
गुल्मी २६ असोज । हिन्दुहरुको महान् चाड बडादसैँ भित्रिँदा सबैका घरमा खुसियाली छाए पनि सुर्खेतका बादी समुदायमा भने चिन्ता छाएको छ । मीठो खाने राम्रो लाउने साथीभाइ तथा आफन्तसँग रमाइलो गर्ने अनि आफूभन्दा ठूलाबडाको हातबाट टीका र जमरा लगाई आर्शिवाद लिई मनाउने बडादसैँ उनीहरुका लागि भने निकै पीडा बनेको छ । एकछाक जोहो गर्न धौधौ पर्ने बादी समुदायमा अहिले बडादसैँको कुनै रौनक नै देखिएको छैन । पोहोर साल जग्गा बेचेर दसैँ मनाएको बताउने गोरे बादीले यसपालि त पैसाको अभावमा दसैँ नै नमनाउने सुरुमा लागेको बताउनुभयो । दसैँ भित्रिएपछि छोरोछोरीले नयाँनयाँ कपडा चाहियो भनेर सताइरहेकाले आफू ऋण खोज्न भौँतारिएको कालिका बादीको दुखेसो छ ।
0 टिप्पणियाँ:
एक टिप्पणी भेजें