सवारी दुर्घटनामा ३ घाईते
भरत पाण्डेय
गुल्मी २७ असोज । गुल्मीको अर्खले गविसमा आज भएको सवारी दुर्घटनामा ३ जना घाईते भएका छन् । तम्घासबाट पूर्कोटदह जाँदै गरेको लु १ ज १७३० नम्बरको जिप अर्खले ७ मा दुर्घटना हुँदा गुल्मी सिर्सेनी ३ घरभई चितवन बस्ने मिना पन्थी, रुपन्देहीका रेशम भुसाल र लक्ष्मी भुसाल रहेको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।
ब्रेक फेल भएर भएको दुर्घटनामा परी घाईते मिनाको हात भाँचीएको र अरुको अबस्था सामान्य रहेको प्रहरीले जनाएको छ ।
0 टिप्पणियाँ:
एक टिप्पणी भेजें