घरमै पुगेर अपाङ्गता परिचय पत्र वितरण
गुल्मी २६ असोज । देशका विभीन्न जिल्लामा अपाङ्गहरुले परीचय पत्र नपाएको गुनासो गरीरहँदा पर्वत जिल्लाको दुर्गम गाविसका अपाङ्गहरुलाई घर घरमै पुगेर परीचय पत्र वितरण गरीएको छ । अपाङ्गको लागी काम गर्न भन्दै विभीन्न संस्थाले औपचारीकतामात्र पुरा गरेर मोटो रकम खर्चीएको अपाङ्गहरुको गुनासो आईरहेका बेला परिचयपत्र नभएर राज्यका सेवा सुविधाबाट विाचत पर्वतका दुर्गम गाउँका अपाङ्गहरुलाई गाउँमै पुगेर परीचय पत्र वितरण गरीएको हो ।
सदरमुकाममा पुगेर परिचयपत्र लिन नसक्ने लेखफाँट खुर्कोट त्रिवेणी र लुँख्ाु गाविसमा शिविर साचालन गरेर अपाङ्गलाई गाउँमै पुगेर परिचयपत्र दिइएको छ । अपाङ्गपन निर्धारण समिति अपाङ्ग उत्थान समाज महिला विकास कार्यालय र इन्प्रेड नेपालको संयुक्त आयोजना र प्लान नेपालको सहयोगमा गाउँमै पुगेर शिविर साचालन गरिएको थियो । चेतना र साचारको अभावमा परिचयपत्र लिनबाट विाचत नहोउन् भनेर गाउँगाउँमा शिविर साचालन गरिएको अपाङ्ग उत्थान समाजका सल्लाहकार भोलानाथ शर्माले बताउनुभयो ।
0 टिप्पणियाँ:
एक टिप्पणी भेजें