|अबा हाम्रो गुल्मी डोट.कॉम को वेबसाइट बदले को छ . हजूर हरू ले पुरानो वेबसाइट खोल्नु भये को छ भने हजूर हरू संग अनुरोध गरिन्छा की हम्रोगुल्मी को नया वेबसाइट खोल्नुहोस www.hamrogulminews.com एस्मा नया न्यूज़ हरू कविता हरू सब छन .....|| साथै www.hamrogulminews.com हेर्दै गर्नुहोला ।

संस्कृती संरक्षणमा यूवाहरु

भरत पाण्डेय
गुल्मी २७ असोज । कला संस्कृतिको संरक्षणको माध्यमबाट वामीक्षेत्रको पर्यटन विकाश र प्रचार प्रसारको लागी जुटेका गुल्मीको वामीका यूवाहरुले आजदेखि वामीकोट साँस्कृति महोत्सव शुरु गरेका छन् । सूर्योदय यूवाक्लवको आयोजनामा एक सातासम्म चल्ने सो महोत्सवको स्थानिय बयोबृद्ध खड्ग बहादुर घर्ति मगरले उद्घाटन गर्नुभएको थियो ।
महोत्सको मूख्य आकर्षणको रुपमा परम्परागत सरायँनाच प्रतियोगीता हुने आयोजकले बताएको छ । प्रशिद्ध धार्मिकस्थल शालिमेको काखमा भैरहेको महोत्सवमा लुम्बिनी र धौलागीरी अँचलको सिमानामा पर्ने दरम, बडीगाड, खोलाको संगमस्थल खर्वाङ्ग र वामीको शुन्दरताको दृष्याबलोकन, ऐतिहासीक मठ मन्दिर, तथा बाईसे चौविसे राज्यको पालादेखि वामीकोटमा रहेका पुरातात्विक तथा धार्मिक महत्वका बस्तुहरुको अवलोकन गर्न पाईने आयोजकले बताएको छ ।
कार्तिक १ गतेसम्म चल्ने महोत्सवमा राष्ट्रिय कलाकारहरु रामजी खाँण, राधिका हमाल, राम प्रसाद पौड्याल, रमेश कँणेल, रमेश दुलला , कमल गाउँले लगायतको प्रस्तुति रहने बताईएको छ । 

0 टिप्पणियाँ:

एक टिप्पणी भेजें

यो साईट एती पटक हेरियो

Web Site Hit Tracking

  © @copyright Hamrogulmionline sewa This site has designed and developed by हाम्रोगुल्मी डट कम 2010

you can go माथि जनुहोस