दँशैमा गुल्मीको सदरमुकाम तम्घास बजार सुनसान
हाम्रोगुल्मी संपादक >>> गुल्मी ३० असोज
दशैँको समयमा देशभरी गाउँ सहर रमाईलो हुँदा गुल्मीको सदरमुकाम तम्घास बजार भने सुनसान भएको छ । तम्घास बजारमा व्यापार व्याबसाय गर्ने व्याबसायीहरु मध्ये धेरैको घर बाहीर जिल्ला र गाउँ गाउँमा मा भएको कारण व्यापारीहरु तथा कर्मचारी हरु दँशैको टिका थाप्न घर घरमा गएपछि तम्घासबजार सुनसान भएको हो ।
दँशैआएपछि हिजोसम्म दँशैको किनमेल र बाहीरबाट आउने यात्रुहरुले निकै भिडभाड भएको तम्घास बजारमा आजदेखि बजार र पसलहरु पनि बन्द भएपछि तम्घास निकै सुनसान भएको छ । यहाँ केही घरहरुमा मात्रै यहाँका स्थाई बासिन्दामात्र रहेपनि बजारहरुमा नहिँड्ने भएकोले बजार सुनसान नै छ ।
सबै सरकारी तथा गैरसरकारी कार्यालयहरु पनि बन्द भएकोले सदरमुकाममा साचारकर्मी स्वास्थ्यकर्मी र सुरक्षा कर्मिहरु मात्रैको बाहुल्यता रहेको छ ।
0 टिप्पणियाँ:
एक टिप्पणी भेजें