माओवादी–एमाले सहमतिमा राजपाको आशंका
आश्विन १८ -
राष्ट्रिय जनशक्ति पार्टीले माओवादी र एमालेबीच भएको सहमति सम्बन्धमा आशंका व्यक्त गरेका छन् । साथै नौ पटकको निर्वाचनमा पनि प्रधानमन्त्री पाउन नसकेपछि अन्यौल र अनिश्चितता बढ्नुका साथै नेतृत्ववर्गको राजनीतिक क्षमतामा प्रश्न उठेको राजपाको ठहर छ ।'माओवादी र एमालेबीच सहमति भए पनि त्यसका आधारहरु के के हुन् भन्ने अमूर्त राखिएको छ' पार्टी अध्यक्ष सूर्यबहादुर थापाद्वार जारी बिज्ञप्तिमा भनिएको छ, 'सहमतिका आधार किटान नगरी गरिएको सम्झौताले अविश्वास र आशङ्का बढाई केवल कोरा सहमति मात्र बन्न सक्ने छ ।' उनले यस्तो परिस्थितिमा देशलाई तत्काल राजनीतिक निकास तथा गतिदिन आवश्यक रहेको उल्लेख गरेका छन् । 'अन्यथा परिस्थिति काबुभन्दा बाहिर जानसक्ने तथ्यलाई अन्देखा गर्न सकिँदैन' विज्ञप्तिमा भनिएको छ । थापाले यस्तो अवस्थामा सम्बन्धित पक्षले तयार गरेका आधारपत्रमा छलफल गरी एक स्वीकृत र ठोस आधारपत्र तयार गरेमा मात्रै यसले जीवन्त सहमति निर्माण गर्न सक्ने र यसबाट मात्र शान्तिप्रक्रिया र संविधान लेखनको वातावरण सृजना गर्ने पनि बताएका छन् । »बाँकी समाचार रिडमोर मा छ »
0 टिप्पणियाँ:
एक टिप्पणी भेजें