|अबा हाम्रो गुल्मी डोट.कॉम को वेबसाइट बदले को छ . हजूर हरू ले पुरानो वेबसाइट खोल्नु भये को छ भने हजूर हरू संग अनुरोध गरिन्छा की हम्रोगुल्मी को नया वेबसाइट खोल्नुहोस www.hamrogulminews.com एस्मा नया न्यूज़ हरू कविता हरू सब छन .....|| साथै www.hamrogulminews.com हेर्दै गर्नुहोला ।

विद्यार्थी नेताले आ-आफ्नो प्यानल घोषणा गरे

आश्विन १८ -
एमालेसम्बद्ध विद्यार्थी संगठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियनको २० औ सम्मेलनको चौथा दिन सोमवार विहानदेखि चुनावी प्रकृया सुरु भएको छ । निर्वाचनमा दुई प्यानलले आ-आफ्नो उम्मेदवारको नाम घोषणा गरेका छन ।एमाले अध्यक्ष झलनाथ खनाल खेमाका मानिने सोभियत ढकाल र केपी शर्मा ओली खेमाका माधव ढुंगेलले अ-आफ्ना प्यानल घोषणा गरेका छन् । ढकाल प्यानलबाट पाँच उपाध्यक्ष पदका लागि शिवजी गुरुंग, नविना लामा, सुधीर साह, लक्ष्मण लम्साल तथा विजयविराज विष्ट महासचिवमा नरवहादुर धामी, तीन सचिव पदका लागि अशोक यादव, गौतम अधिकारी र परमेश्वर गौतम तथा कोषाध्यक्षमा दीपक गौतमले उम्मेदवारी दिइएको बताइएको छ ।

त्यसैगरी ढुंगेल प्यानलबाट उपाधयक्षमा पदम गिरी, नवराज पौडेल, पवित्रा महतो, भीम राय र लीला राय, महासचिवमा किशोर विक्रम मल्ल, सचिवहरुमा सरोज यादव, रचना खडका र वचनवहादुर सिंह तथा कोषाध्यक्षमा रमेश आचार्यले उम्मेदवारी दिएका छन् ।

अनेरास्ववियुको बीसौं राष्ट्रिय सम्मेलनले विधान संशोधन गरी बहुपद्धीय प्रणालीमा जाने निर्णय गरेको छ । संशोधित विधान अनुसार-अध्यक्ष, महासचिव तथा कोषाध्यक्षका अतिरीक्त पाँच उपाध्यक्ष तथा तीन सचिव राख्ने निर्णय गरेको छ ।

उपाध्यक्षमा मधेसी, महिला तथा आदिवासी जनजातिको लागि एक एक सिट आरक्षित गरिएको छ भन्ने तीन सचिवमध्ये एक मधेसीको लागि आरक्षित गरिएको छ ।

अनेरास्ववियुका पूर्व अध्यक्ष एवं अध्यक्ष मण्डलका सदस्य योगेश भट्टराईका अनुसार-विधानमा संशोधन गरी २ सय १ सदस्यीय केन्दि्रय कमिटी तथा ४५ सदस्यीय सचिवालय समिति राख्ने निर्णय भएको छ । सम्मेलनमा ११ पदाधिकारीसहित २ सय १ जना केन्दि्रय कमिटी सदस्यहरुको निर्वाचन हुनेछ ।

विहान आर्थिक प्रतिवेदनमाथि छलफल गर्न सुरु भएको बन्द सत्रको वातावरण चुनावी रंगमा रंगिएको कारण प्रतिवेदनमाथिको छलफल औपचारिकतामा मात्र सिमित भएको थियो ।

निर्वाचन कमिटीका प्रमुख पशुपति चौलागाईले सार्वजनिक गरेको निर्वाचन कार्यक्रम भन्दा झण्डै तीन घन्टा ढिलोसम्म उम्मेदवारी दर्ता हुन सकेको छैन । कमिटीले अपरान्ह तीन वजेसम्म उम्मेदवारी दर्ताको समय तोकेको थियो भन्ने राति ९वजे अन्तिम नामावली प्रकाशन हुने समय सीमा तोकेको थियो तर सुरुकै प्रकृया ढिला गरी सुरु भएकोले अन्तिम नामावली प्रकाशन मध्य रातीसम्म हुने आशंका निर्वाचन कमिटीका सदस्यहरुले गरेका छन् ।

विहान बन्द सत्र जारी रहेकै वेलादेखि बाहिर समूह समूहमा विभाजित विद्यार्थीहरु अ आफ्ना पक्षका उम्मेदवारहरुको पक्षमा नारावाजी गरेका थिए । नारावाजी दिनभरि चलेका थियो । कोही आफ्ना उम्मेदवारको पक्षमा नाच्दै थिए भन्ने कोही गीत गाउँदै थिए । कार्यक्रम स्थल जचुकालि खेल मैदान अगाडी समूह समूहमा बसेका प्रतिनिधीहर चुनावकै विषयमा छलफल गर्दै थिए भन्ने एमालेका केन्दि्रय तथा जिल्ला स्तरका नेताहरु पनि चुनावी यस प्रकृयामा सहभागी देखिन्थे ।

निर्वाचन कार्यक्रम


मतदाता नामावली प्रकाश असोज १८गते सोमवार विहान ११वजे

मतदाता नामावलीउपर दावी विरोध विहान ११देखि १२

अन्तिम नामावली प्रकाशन अपरान्ह १वजे

उम्मेदवारी फारम वितरण अपरान्ह १देखि २वजे

उम्मेवारी दर्ता अपरान्ह १देखि ३वजे

उम्मेदवारको प्रारम्भिक नामावली प्रकाशन अपरान्ह ४वजे

उम्मेदवारी उपर दावी विरोध अपरान्ह ४देखि साढे ५वजे

उम्मेदवारी फिर्ता अपरान्ह साढे ५देखि साढे ६वजे

उम्मेदवारको अन्तिम नामावली प्रकाशन राति ९वजे

असोज १९गते मंगलवार

मतदान विहान ७ वजेदेखि मध्यान्ह १२वजे

असोज २०गते

मतगणना
»बाँकी समाचार रिडमोर मा छ »

0 टिप्पणियाँ:

एक टिप्पणी भेजें

यो साईट एती पटक हेरियो

Web Site Hit Tracking

  © @copyright Hamrogulmionline sewa This site has designed and developed by हाम्रोगुल्मी डट कम 2010

you can go माथि जनुहोस