मृतकका परिवारलाई आर्थिक सहायता
गुल्मी १८ असौज
समय अघि मृत्यु भएका भनभने गाविसका एक मृतकका परिवारजनलाई आर्थिक रकम सहयोग गरेको छ ।
माओवादीको अखिल भारत नेपाली एकता मन्च पन्जाब मलौटानगर कमिटीले भाद्र ५ गते सोही स्थानमा मृत्यु भएका भनभने गा।वि।स। वडा नं। ३ निवासी स्वर्गीय गोविन्द जि।सी।परिवारजनलाई ५८ हजार ६ सय ५० भारतीय रुपैँया सहयोग गरेको हो । भारत स्थित उक्त नगर कमिटीका अध्यक्ष विष्णुप्रसाद भण्डारी र सचिव जे।sे। भण्डारीद्धारा हस्ताक्षरीत पत्र सहित उक्त रकम एकीकृत नेकपा माओवादी गुल्मी जिल्ला पार्टी कार्यालय मार्फत हस्त्ाान्तरण गरिदिन आग्रह गरिएको थियो । सोही अनुरुप एकीकृत ने।s।पा। माओवादी मगरात राज्य समिति सदस्य एवं विशेष ईलाका इन्चार्च बुद्धी जिसीले मृतक गोविन्दको घरमा पुगी उहाँकी धर्मपत्नी मनकला घर्तीलाई उक्त रकम हस्तान्तरण गर्नुभएको हो । भारतबाट प्रेसित उक्त पत्रमा मलौटा नगर कमिट्रीले जि।सी।sाे मृत्यु प्रकरणमा मुछिएका स्थानीय टोलवासीबाट कि्रया खर्च स्वरुप ५५ हजार भारतीय रुपैयाँ लिइएको र ३ हजार ६ सय ५० भारतीय रुपैयाँ नेपालीहरुवाट सहयोग संकलन गरि पठाइएको उल्लेख छ ।
पी एम मगर »बाँकी समाचार रिडमोर मा छ »
0 टिप्पणियाँ:
एक टिप्पणी भेजें